लण्डनमा १२ औँ गोर्खा भिसी कप ११ जूनमा हुदै

लण्डन । प्रत्येक वर्ष लन्डनमा आयोजना हुँदै आएको गोर्खा भिसी कप यस पटक जुन ११ सनिबार को दिनमा हुने भएको छ । गोर्खा नेप्लिज कम्युनिटी हंस्लोको आयोजनामा भिक्टोरिया क्रसबाट विभूषित १३ जना गोर्खालीहरुको सम्झना र सम्मानस्वरूप प्रत्येक वर्ष आयोजना गर्दै आएको कार्यक्रम यस वर्ष यही जुन ११ तारिख शनिवार हंस्लो स्पोर्ट्स क्लवमा आयोजना गर्न लागिएको संथाका महासचिब धनबहादुर सार्कीले लन्डन नेपाल न्यूजलाई बताए ।

उनकाअनुसार उक्त अवसरमा एक दिवसीय फुटबल प्रतियोगीता सम्पन्न हुनेछ । फुटबल प्रतियोगीता विभिन्न उमेर समहुका अनुभवी प्रतियोगीहरुबीच छुट्टा छुट्टै प्रतिष्प्रधा हुनेछ ।

उक्त प्रतियोगीतामा सहभागी हुन २०० पाउण्ड लाग्ने र कुनै पनि टोलीले भाग लिन सक्ने कम्युनिटीका स्पोर्ट सचिब लाल रोकाले जानकारी दिए । सन् २००९ देखि १३ जना भिसीहरुको सम्मान र सम्झनास्वरूप भिसी कपको आयोजना हुँदै आएको छ ।

कार्यक्रममा नेपाली राजदुत, सांसद, मेयर, काउन्सिलर, सैन्य उच्च पदमा पुग्न सफल गोर्खाली लेप्टेन्ट, कणर्ल, पल्टनमा कार्यरत सबै गोर्खा मेजर र गोर्खाली भ्याटरेनको बिशेष उपस्थिति रहने संस्थाका अध्यक्ष डोल मल्लाले जानकारी दिए । उक्त कार्यक्रममा लन्डनमा बसोबास गर्ने नेपाली समुदायलाई सहभागिताका लागि आयोजक सहित गोर्खा नेपलिज कम्युनिटी हन्स्लोका अध्यक्ष मल्लले अनुरोध गरेका छन् ।

कार्यक्रम स्थल, मिति, समय र सम्पर्क: Venue: Hounslow Sports Club, Green Lane, Hounslow, TW4 6DH Date: 11th June 2022, Saturday Time: 9.00am Contact Details: President, Dol Malla: 07788 873278 General Secretary, Dhan Bahadur Sarki: 07909387460 Sport Secretary, Lal Roka: 07882 763077