लण्डन । सँखुवासभा तमु (गुरुङ) समाज बेलायत”ले आफ्नो वार्षिक ल्होछार कार्यक्रम मुप्री ल्हो (गरुढ बर्ग) लाई बिदाई र सप्री ल्हो (सर्प बर्ग) लाई स्वागत गर्दै विशेष समारोहबीच तमु ल्होछार मनाइएको छ।
फेल्थाम स्थित कम्युनिटी कलेजमा आइतबार सयौंको उपस्थितिमा विविध सांस्कृतिक कार्यक्रम सहित ल्होछार मनाइएको हो।
समाजका अध्यक्ष अमृत घोन्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माहसचिब प्रेम कोरङ्गीले संचालन एबम अजम्बर घलेको स्वागत मन्तब्य रहेको थियो ।
गैर आवासिय नेपाली सँघ (एन आर एन) युकेका उपाध्यक्ष अमृत घलेको प्रमुख आतिथ्यतामा सप्पन्न भएको थियो।
कार्यक्रममा सँस्थापक अध्यक्ष चक्रबहादुर गुरुङलाई विशेष अतिथिको आशन ग्रहण गराईएको थियो भने भोजपुर समाज बेलायतका भुपु अध्यक्ष देबेन्द्र राई लगायत सम्पुर्ण सल्लाहकारहरुलाई अतिथिको आशन ग्रहण गराईएको थियो ।
उक्त वार्षिक कार्यक्रममा शैक्षिक सफलता प्राप्त गरेका दुई बिद्यार्थिहरु डेनिस गुरुङ (Master of Information) र छात्रा सुश्री अस्मिता गुरुङ (Bachelor of Science) लाई प्रमुख अतिथि अमृत घलेको हातबाट प्रमाणपत्र सहित सम्मान गरिएको थियो । त्यस्तै गरी कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याए बापत “ननिन्टन तमु समाज”का भुपु अध्यक्ष तुलराम गुरुङ लाई समाज सेवा , “मन्जु श्री माने मन्लम तमु आमा समूह आस्फोर्ड”का अध्यक्ष श्रीमती तारा देबी गुरुङलाई महिला शसक्तीकरण र सँगित क्षेत्रबाट “कस्तो माया बस्यो” गितका श्रस्टा औतारी साईँलालाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो भने सँस्थाका १७ जना आजिवन सदस्य हरुलाई प्रमाणपत्र बितरण गरिएको थियो।
यसै गरि कार्यक्रममा खेमराज ट्रस्टका सँरक्षक श्रीमती चन्चला गुरुङले उक्त ट्रस्टका नयाँ सदस्यहरुलाई आजिवन सदस्यता बितरण गर्नुभएको थियो ।
कार्यक्रममा लगभग ४०० को सँख्यामा उपस्थित सम्पुर्ण महानुभावहरुलाई विभिन्न क्षेत्रका कलाकारहरु जस्तैः आस्फोर्डबाट, ननिन्टनबाट,वकिङबाट आएका कलाकारहरु र नेपालबाट आएका चर्चित कलाकार श्री दिपक घर्ती मगर लगायत अन्य कलाकारहरुले सहभागीहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए ।
रातको १० बजे सम्म चलेको उक्त कार्यक्रमलाई सफल पार्न प्रायोजन गर्नु हुने सम्पुर्ण प्रायोजकहरु र सबैलाई धन्यवाद दिँदै समाजका अध्यक्ष अमृत घोन्डेले कार्यक्रम समापन गर्नु भएको थियो ।
साँगितिक मनोरञ्जनमा चुर्लुम्म डुबेका दर्शकहरुलाई सँचालक दोबाटे सिरियलका कलाकार दिल कुमार (प्रेम गुरुङ) ले उचालेका थिए । कार्यक्रममा सहभागी हुन आस्फोर्ड बाट ७० जनाको ठुलो समुह एक बस ,वकिङबाट ५० जनाको टोलि एक बस र विभिन्न ठाउँबाट ठुलो सँख्यामा उपस्थिति थियो।
कार्यक्रममा आफ्नो भाषा धर्म सँस्कृती पोशाक लगाएर ठुलाबडाहरुबाट आशीर्वाद लिएर र आपसमा ल्होछारको शुभकामना आदानप्रदान गरेर भरपुर मनोरंजन गरिएको थियो । 











