लन्डन- नेपाली महिला समूहको पाँचौँ महाधिवेशनले विष्णु खरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
महाधिवेशनबाट उपाध्यक्षमा श्रीमती सरस्वती सापकोटा, महासचिवमा श्रीमती शकुन्तला न्यौपाने, सचिवमा श्रीमती मिना खरेल, कोषाध्यक्षमा श्रीमती पुतली कँडेल तथा सह–कोषाध्यक्षमा श्रीमती मेनुका कँडेल चयन भएका छन्। यस्तै, समितिको सदस्यमा श्रीमती मञ्जु डुम्रे, श्रीमती बिष्णु सापकोटा, श्रीमती ईसा कँडेल, श्रीमती सुसिला पाण्डेय, श्रीमती सिता सापकोटा, श्रीमती सिता साहनी, श्रीमती कला भट्टराई र श्रीमती सुनिता पराजुली चयन गरिएको छ।
समूहले विभिन्न क्षेत्रगत गतिविधि सहज बनाउन एरिया लिडरहरू समेत तोकेको छ। ह्वाइटमुर क्षेत्रमा श्रीमती निर्मला चौधरी र श्रीमती लक्ष्मी आले, बिलबरोमा श्रीमती बालकुमारी खड्का र श्रीमती देवी भट्टराई, एस्प्लीमा श्रीमती सिता भुसाल र श्रीमती गोमा भुसाल, स्टर्लीमा श्रीमती विनीता ढकाल, सेनिङटनमा श्रीमती कमला सापकोटा र श्रीमती कल्पना सापकोटा, बास्फोर्डमा श्रीमती कमला भण्डारी र श्रीमती कोपिला कँडेल तथा बुलवेल क्षेत्रमा श्रीमती अम्बिका कार्की एरिया लिडरका रूपमा जिम्मेवारीमा रहनेछन्।
महाधिवेशनले समूहको सल्लाहकार मण्डल पनि विस्तार गरेको छ। निवर्तमान अध्यक्ष श्रीमती निरू चालिसे, पूर्व अध्यक्षहरू श्रीमती गिता भट्टराई, श्रीमती अर्चना हमाल, श्रीमती कल्पना गुरुङ, श्रीमती मेनुका बस्नेत, श्रीमती गंगा खरेल र श्रीमती सुमित्रा गौतम सल्लाहकारको भूमिकामा रहनेछन्। यस्तै, श्रीमती लक्ष्मी (पन्थी) खाती र श्रीमती मीना भण्डारीलाई समूहका संरक्षकका रूपमा मनोनयन गरिएको छ।
नव–निर्वाचित नेतृत्वलाई शुभकामना व्यक्त गर्दै वक्ताहरूले नेपाली महिलाबीच एकता, सशक्तिकरण, सामाजिक सहभागिता तथा समुदायमूलक सेवामा समूहले आगामी दिनमा अझ प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे। समूहले आफ्नो आगामी कार्ययोजना सार्वजनिक गर्ने जनाएको छ।






