तमुधिं लन्डन इकाईको ल्होछार १८औं वार्षिक उत्सव १० जनवरी शनिबार ग्रिनफोर्डमा व्यापक तयारीका साथ गरिदै

लन्डन । तमुधिं यूके लन्डन इकाई १८ औं वार्षिक उत्सव तथा तमु ल्होछार जनवरी १० तारिख शनिबार हुने भएको हो ।

ग्रिनफोर्ड टाउन हल लन्डनमा दिउँसो २ बजेदेखि  वार्षिकोत्स्व तथा ल्होछार कार्यक्रम गरिने अध्यक्ष भरत गुरुङले जानकारी दिए ।

ल्होछार कार्यक्रमको अन्तिम तयारी पूरा भइसकेको महासचिव रक गुरुङले जनाए ।

कार्यक्रममा नेपालबाट आएका कलाकारहरु तिलकबहादुर गुरुङ, सलोमी गुरुङ, दुर्गा गुरुङ र केशबहादुर गुरुङ सांगीतिक प्रस्तुतिका लागि उपस्थित हुनेछन् ।

साथमा स्थानीय कलाकारको पनि प्रस्तुति रहने अध्यक्ष गुरुङले बताए । कार्यक्रममा राफल ड्र, मौलिक खानाका परिकारलगायत आकर्षण रहेको जनाइएको छ ।

तमुधिं लन्डन इकाई उपाध्यक्ष ईश्वर गुरुङको संयोजनमा हुने कार्यक्रममा बेलायतवासी सबैलाई सहभागी भएर भरपुर मनोरन्जन लिन निमन्त्रणा गरेको छ ।