लन्डन । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले राष्ट्रनिर्माता श्री ५ बडा-महाराज-धिराज पृथ्वी नारायण शाहको ३०४ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ ।
११ जनाबरी पुस २७ का दिन आइतबार लन्डन साउथ ह्यारोस्थित गोल्डेनसीपको सभाहलमा ३०४ औँ पृथ्वी जयन्ती मनाइएको हो ।
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत रोका क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि लन्डनस्थित नेपाली दूतावासका द्वितिय सचिव संजोग राई रहेका थिए।
कार्यक्रममा प्रमुख अतिथि दूतावासका द्वितिय सचिव संजोग राई तथा संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत रोका क्षेत्रीले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए।
कार्यक्रममा बेलायत र नेपालको राष्ट्रिय गान,पण्डित निलहरि घिमिरेले स्वस्ति वाचन पछि सहभागीहरुबाट पृथ्वी नारायण शाहको तस्विरमा माल्र्यापण गर्दै कार्यक्रम सुरु गरिएको थियो ।
संगठन स्थापना देखि नै योगदान गरेका चेतमान केसीले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष उत्तम खड्काले स्वागत मन्तव्य दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी द्वितिय सचिव संजोग राईले राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको बिषेस चर्चा गर्दै आयोजक लाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथी डा. राघवप्रसाद धिताल (ओबीइ) हन्स्लो बरोका पूर्व मेयर काउन्सिलर,विष्णु गुरुङ,वुद्धिजिवी विकलचन्द्र आचार्य,एनआरएनए यूकेका प्रमुख संरक्षक डेभिड गुरुङ,नेपाल आर्मीका पूर्व मेजर कुमार बस्नेत ,समाजसेवी विमल आचार्य,प्रेम गौतम, हेमन्त पौडेल, साहित्यकार हरिसिंह थापा,संगठनका महासचिव सुनिलजंग शाह लगायत वक्ताहरुले श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै नेपाल एकीकरणमा उहाँले पुर्याउनु भएको योगदानको चर्चा गरेका थिए ।
संगठनले यसपटक बेलायतमा विभिन्न क्षेत्रमा योगदान दिएका अग्रज ५ व्यक्तित्वलाई विशेष सम्मान समेत गरेको छ ।-सम्मानित हुनेहरुमा डा. राघवप्रसाद धिताल (ओबीइ), हरिसिंह थापा, मदन थापा, वसन्त रायक्षेत्री र विजय थापा छन् । उनीहरुलाई अध्यक्ष क्षेत्रीले दोसल्ला र प्रशंसापत्रसहित सम्मान गरेका थिए ।
विगत १८ वर्षदेखि एक्लो प्रयासमा पृथ्वी जयन्ती मनाउंदै आएका संगठनका अध्यक्ष भरत क्षेत्रीले आधुनिक नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वी नारायण शाहको योगदान कहिल्यै भुल्न नहुने बताए ।उनले राष्ट्रपिता शाहलाई सदैव सम्मान गरिनु पर्नेमा जोड दिंदै उनले विशाल नेपाल नबनाएको भए अहिले हामी नेपाली हुने थिएनौं भन्ने धारणा समेत राखेका थिए ।
अध्यक्ष क्षेत्रीले सहयोगी र सहभागी सबैप्रति आभार व्यक्त गरे । उनले ३०० औं पृथ्वी जयन्तीदेखि एक लाख रुपैयांको वार्षिक पृथ्वी पुरस्कार दिन शुरु गरिएको जानकारी दिंदै यसवर्ष भने उक्त पुरस्कारको राशी एक लाख रुपैयां जेनजी आन्दोलनका घाइतेलाई उपचार खर्च दिइएको बताए।
कार्यक्रम रोजिना गुरुङले राष्ट्रभक्ति आकर्षक नृत्य प्रस्तुत गरिन् भने गायक प्रमोद शर्माले गीत गाए । रमेश लामा गुरुङले राजनीति र नेता लक्षित प्यारोडी गाएका थिए ।
कार्यक्रममा बरिस्ठ पत्रकार सुमन खरेल,पत्रकार महासंघ यूकेका संस्थापक अध्यक्ष नवीन पोखरेल तथा पत्रकार शिब भण्डारी,गोरखाली समाज यूकेका सल्लाहकार कण दर्लामी,समाजसेबी किशोर पण्डित लगायत बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।







