सप्तरी, ६ मंसिर । आइतबार अपराह्न सप्तरीमा प्रहरी कारवाहीमा परी थप एक जना आन्दोलनकारी मारिएका छन् ।
सप्तरीको सदरमुकाम राजविराजमा कारवाहीका क्रममा प्रहरीले चलाएको गोली लागेर मधेसी मोर्चाका कार्यकर्ता एवं स्थानीय प्रदर्शनकारी दिलीप साहको ज्यान गएको हो । बिहान भारदहमा भएको घटनाको विरोधमा आन्दोलनकारीले प्रदर्शनलाई ब्यापक बनाएपछि प्रहरीसँग दोहोरो झडप भएको थियो ।
झडपका क्रममा प्रहरीले गोली चलाउँदा साहको टाउकोमा गोली लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो । अहिले राजविराजको अवस्थान तनावग्रस्त छ । यसअघि सप्तरीमै प्रहरी कारवाहीमा परी दुई प्रदर्शनकारीको मृत्यु भएको थियो ।
सप्तरीमा प्रहरी कारवाहीमा मर्नेको संख्या तीन पुग्यो






