बेलायतमा ‘मगर्स गट ट्यालेन्ट’ प्रतियोगिता नोभेम्बर ८ मा हुदै

लन्डन । मगर्स गट ट्यालेन्टको आठौं संस्करण आगामी ८ नोभेम्बरमा फेल्थामको स्प्रींग वेष्ट एकेडेमी हलमा हुने तयारी छ ।बिजेता प्रथमले £500 दोश्रो £350 तेश्रो £२५० पुरस्कार राखिएको छ।

मगर समुदायका युवाहरूको कला, संगीत र नृत्य प्रतिभा प्रदर्शनका लागि प्रतिक्षित कार्यक्रम ‘मगर्स गट ट्यालेन्ट-२०२५’ हुने भएको हो ।

कार्यक्रमका लागि ढोका दिउँसो १२ बजे खुल्नेछ भने मुख्य प्रस्तुति १ देखि ७ बजेसम्म सञ्चालन हुनेछ ।

सहभागिताका लागि दर्ता खुला भइसकेको आयोजकले जनाएको छ । महासचिव विपना थापाले प्रतिभा दर्ता सुरु भइसकेको र सहभागी संख्या सन्तोषजनक रहेको बताइन् ।

यस वार्षिक प्रतिभा प्रदर्शनको मगर समुदायका युवाहरूको सृजनशीलता, सांस्कृतिक पहिचान र आत्मविश्वास उजागर गर्ने उद्देश्य रहेको अध्यक्ष दीपक थापा (मैथाने मगर) ले बताए । उनले भने, ‘मगर्स गट ट्यालेन्ट हाम्रो युवाहरूका लागि प्रेरणादायी मञ्च हो । यसपटक हामी अझ व्यवस्थित र आकर्षक कार्यक्रम ल्याउन उत्साहित छौं ।’

वरिष्ठ उपाध्यक्ष करिश्मा थापाले भनिन्, ‘कार्यक्रमले मगर युवाहरूमा आत्मविश्वास र सांस्कृतिक गर्व बढाउनेछ, साथै उनीहरूको प्रतिभालाई व्यापकस्तरमा चिनाउनेछ ।’

यस वर्ष मगर परम्परा, संगीत र नृत्यको विविधता झल्काउने प्रस्तुतिहरू समावेश हुने सांस्कृतिक सचिव दिलु रानाले बताइन् ।मगर्स गट ट्यालेन्ट हरेक वर्ष निरन्तर रुपमा आयोजना हुँदै आएको छ । यो कार्यक्रमले मगर समुदायको सांस्कृतिक क्यालेन्डरमा एक प्रमुख वार्षिक आकर्षणको रूपमा स्थापित भइसकेको आयोजकको दाबी छ ।

कार्यक्रमले परिवार, साथीभाइ र समुदायलाई एउटै मञ्चमा ल्याई संस्कृति, ऊर्जा र मनोरञ्जनको उत्सवका रूपमा मनाउने अवसर प्रदान गर्ने अध्यक्ष मैथाने मगरको भनाइ छ ।

आफ्नो प्रतिभा देखाउने अवसर नछुटाउन आयोजकले आग्रह गरेका छन् । दर्ताका लागि तलको लिंकमा जाने सकिन्छ । https://forms.gle/j5NWsZcPkK7e4Gim9

अध्यक्ष दीपक थापा ‘मैथाने मगर’ ले लण्डन नेपाल न्यूज संग बोल्दै भने मगर समुदायका युवाहरूको कला, संगीत र नृत्य प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले गर्न लागिएको कार्यक्रममा उपस्थितिका लागि सबैलाई निमन्त्रणा गरेका छन्।