लन्डन। तमुधिं लन्डन इकाईले आफ्नो १८औं वार्षिक उत्सव तथा तमु ल्होछार भब्य रुपले मनाएको छ।लन्डन ग्रीनफोर्ड टाउनहलमा १० जनवरी शनिबार आयोजित १८औं वार्षिक उत्सव तथा तमु ल्होछार इकाईका अध्यक्ष भरत गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथी तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ रहेका थिए ।कार्यक्रमको संयोजन उपाध्यक्ष ईश्वर गुरुङले गरेका थिए।
इकाईका महासचिव विकास (रक) गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा उपाध्यक्ष ईश्वर गुरुङले स्वागत मन्तव्य दिएका थिए ।भने ईकाइकी आमा समूह अध्यक्ष देवकला गुरुङले ल्होछारको अवसरमा सम्पूर्णलाई शुभकामना दिँदै सबैलाई धन्यवाद व्यक्त गरिन्।
प्रमुख अतिथी तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले कार्यक्रमलाई सम्बोधन गर्दै लन्डन ईकाइले केन्द्र जस्तै ल्होछार, तमु कला संस्कृति, भेषभूषा, पहिचान, परम्परा संरक्षण र प्रवर्धन गर्दै आएको बताए ।
कार्यक्रममा तमु छोजा धीं गुरुङ राष्ट्रिय परिषद्का उपाध्यक्ष तथा विदेश विभाग प्रमुख मनोज गुरुङ ल्होसारको सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरे।कार्यक्रममा सिरुबारी नासाका अध्यक्ष डेभिड गुरुङले ल्होछारलाई तमुहरुको मात्र नभई राष्ट्रिय चाडका रुपमा मनाउनु पर्ने बताए ।
इकाईका अध्यक्ष भरत गुरुङले ल्होछारको अवसरमा सम्पूर्णलाई शुभकामना दिँदै प्रमुख अतिथि, विशेष अतिथि, विभिन्न संघसंस्थाका प्रतिनिधि, कार्यसमिति, आमा समूह, युवा समूह, पत्रकार प्रायोजक तथा सम्पूर्ण सहयोगी सबैप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा विभिन्न व्यक्तित्वहरु कम्प्युनिटी र पर्सनालिटी अवार्डबाट सम्मानित
ईकाइका पूर्व अध्यक्ष विष्णु गुरुङ र फष्ट लेडी कमला गुरुङ सोंपाल समाज यूकेका पूर्व अध्यक्ष श्रीप्रसाद गुरुङ र श्रीमति मनदेवी गुरुङ। सोंपाल समाज यूके अध्यक्ष जगदीश गुरुङ र श्रीमति सिमा गुरुङ, ईकाईका महासचिव विकास (रक) गुरुङ, प्रमुख संरक्षक खुशीमान गुरुङ र उनकी धर्मपत्नी मीना गुरुङलाई समेत विशेष सम्मान गरिएको थियो ।
दोश्रो चरणको सांस्कृतिक कार्यक्रम हेलिसा गुरुङ र मिना गुरुङले माहोललाई उत्साहपूर्ण ‘होस्ट’ गरेका थिए । कार्यक्रममा तमुहरुको रोधी बस्ने मौलिक परम्परा र कौडा नाच समेत देखाइएको थियो ।
कार्यक्रममा तमुधिं यूकेको विशेष निमन्त्रणमा बेलायत आएका कलाकारहरु सलोमी गुरुङ, गायक केश बहादुर गुरुङ,तिलक गुरुङ र दुर्गा गुरुङको प्रस्तुति दमदार थियो ।
स्थानीय कलाकारहरु वृषा गुरुङ, गुड्डु गुरुङ, दुर्गा गुरुङ, विद्या गुरुङ, जमुना गुरुङ, दीपा गुरुङ, युद्ध गुरुङ, लेख खोला तमु, जमुना गुरुङ लगायतले समेत विविध आकर्षक नाच देखाए ।













