लन्डन । श्रृजनशील लेष्टर नेपाल यूकेले विशेष समारोहबीच नेपाली नयां वर्ष २०८१ सांस्कृतिक कार्यक्रम सहित मनाएको छ ।
सोमबार लेष्टरस्थित जंगल क्लबमा नेपालबाट आएका राष्ट्रिय कलाकारहरु गायिका सिर्जना खत्री र रेनुका भट्टराईको विशेष परफर्मेन्स सहित कार्यक्रम गरिएको हो ।
झण्डै ३ सय सहभागी कार्यक्रममा स्थानीय प्रतिभाहरुले पनि बेजोड नाचगान प्रस्तुत गरे ।
श्रृजनशील लेस्टर नेपाल यूकेको नया वर्ष कार्यक्रमका प्रमुख अतिथि लेस्टर सिटि मेयर पिटर सोल्स्बीका साथमा लेस्टर सिटीका तर्फ देखि अतिथिहरु काउन्सिलर, सहायक सिटि मेयर मजुला सूद, पुलिस कमिस्नर क्यनडिदेट रोरी पार्मर, काउन्सिलर दिपक बजाज लगायतको उपस्थिथि रहेको थियो।
अतिथिहरु राष्ट्रीय कलाकार रुपक डोटेल का साथमा श्रीजन्शील लेस्टर नेपालले स्पोंसोर गरि बेलायत आउनु भएका कलाकार द्वय रेनुका भट्टराई र श्रीजना खत्री ले उपस्थित सबैलाई नचाउन सफल भएका थिए। कलाकारहरूको धमाकेदार प्रस्तुतिमा नयाँ बर्ष मनाउन स्थानिय लेस्टरवासी नेपालीको साथमा नटिंघम, पिटरबरो, बर्मिंघम, डर्बी, ग्रान्थम, कोलभील लगायत मिडल्यान्डबाट ठूलो संख्यामा उपस्थिति रहेको थियो।
कार्यक्रममा बिशिस्ट अतिथिका रुपमा उपस्थित महामहिम राजदूत श्री ज्ञानचन्द्र आचार्य ज्युले उपस्थित सम्पूर्ण लाइ नया बर्षको शुभकामा संदेश ब्यक्त गर्दै यस्ता खाले कार्यक्रमले नेपाली संस्कृतिलाइ जगेर्ना गर्ने भएकाले श्रीजन्शील लेस्टर नेपाल यु के ले एस्त खालका कार्यक्रमहरु गरेर नेपाल र बेलायतलाइ जोड्ने काम गरेको बिचार ब्यक्त गर्नु भएको थियो।
समाजका अध्यक्ष पुण्डरी अर्यालको अध्यक्षतामा आयोजित कार्यक्रमलाई अध्यक्ष तथा प्रमुख अतिथिले संयुक्त रुपमा जोर पानसमा बत्ति बालेर उद्घाटन गरिएको थियो। कार्यक्रममा सिटि मेयर पिटर सोल्स्बी, काउन्सिलर मजुला सूद, साझा नेपालि समाज का संस्थापक अध्यक्ष्य शंकर भण्डारी, नट्टिङ्घम नेपाली समाजका अध्यक्ष राम पन्थी , NRNA इङ्ग्ल्याण्ड राज्य समिति अध्यक्ष शम्भु अर्याल, हाम्रो नेपालि समाज का अध्यक्ष्य भिमलाल शर्मा, गल्कोट नेपालि समाजका अध्यक्ष्य चन्द्र सहानी लगायतले शुभकामना मन्तव्य दिएका थि। कार्यक्रममा नट्टिङ्घम नेपाली समाजका संस्थापक अध्यक्ष्य रण केशी , नट्टिङ्घम नेपाली समाजका पुर्व अध्यक्ष बिष्णु चालिशे, नट्टिङ्घम नेपाली समाजका उपाध्यक्ष मुकुन्द खराल, पुर्व अध्यक्ष प्रविन पाण्डे, कोभेण्ट्रि का सामाजिक अभियन्ता गोबिन्द सापकोटा , शान्ति नेपालि समाजका प्रबक्ता डि एन खराल, साझा नेपाली समाजका प्रतिनिधि महा शर्मा खरेल, नट्टिङ्घम नेपाली समाजका महा सचिब बिरेन्द्र खड्का, नट्टिङ्घमका समाजसेवी इश्वरी कंडेल, हाम्रो नेपाली समाजकि पुर्व अध्यक्ष्य गोमा पौडेल, शृजनशील लेस्टर नेपालका संस्थापक अध्यक्ष राजु कंडेल, पुर्व अध्यक्षहरु श्री दयानिधि सापकोटा, पशुपति पोख्रेल, प्रेम आले मगर, बलराम चापागाई, तथा निवर्तमान अध्यक्ष नारायण फुयाल, पुर्व महा सचिव बरुण भण्डारी, सल्लाहकारहरु डा प्रकाश पाण्डे, शुरेश केशी, शिव गौतम लगायतका अतिथिहरु को उपस्थिति रहेको थियो। औपचारिक कार्यक्रम को अन्त्यमा समाजका अध्यक्ष पुण्डरि अर्याल ले शुभकामना मन्तब्य सहित औपचारिक कार्यक्रम समापन भएको घोषणा गरेका थिए। कार्यक्रममा टेक्निकल रुपमा संस्थाका सदश्य प्रकाश कंडेल ले सहयोग गरेका थिए । समाजकी सचिव माया प्रधान ले सम्पूर्ण अतिथिहरु लाई ब्याज लगयिदिएर सहयोग गरेको उक्त कार्यक्रम संस्थाका महासचिव शिव पराजुलीले संचालन गरेका थिए। 



कार्यक्रममा आर्थिक पाटोको संयोजन संस्थाका कोषाध्यक्ष मधु सुदन पौडेल र सह कोषाध्यक्ष हरि महर्जन ले गरेका थिए। उक्त कार्यक्रम मा स्थानिय कलाकारहरु द्वारा नेपाली मौलिकता झल्किने गरि विभिन्न किशिमका गायन तथा नृत्यहरु प्रस्तुत गरेर माहोल अझै तताएका थिए। कार्यक्रमको अन्त्य मा नेपाल वाट पाल्नुभएका कलाकार हरुका साथै स्थानिय कलाकारहरु सिम्रन गुरुङ, अनिता थापा, श्रीजना राइ, राहुल देब सापकोटा, रुपल डोटेल,एन्जिला खांड, शिजल घिमिरे, प्रिया खरेल, पुजा भण्डारी, प्रिया भण्डारी, दिया गैरे, आइशा कंडेल, मानबी खत्री, अनु अनमोल बोहोरा, रुपा न्युरे लगायतको को गायन तथा नृत्यलाइ प्रशंशा गर्दै संस्था ले धन्यवाद ज्ञापन सहित प्रमाणपत्र वितरण गरेको थियो। 









