पिटरवोरो समाजको नेपाली नयॉंवर्ष कार्यक्रममा गायक आन्नद कार्की र मल्लिकाको बेजोड प्रस्तुति

केशब भण्डारी
लण्डन –
बेलायतको पिटरवोरो र यसको वरपर बस्ने नेपालीहरूले अप्रिल ८ सोमबार पिटरवोरोमा नेपाली नयाँवर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सॉंझ भव्यरूपमा मनाएका छन्।

पिटरवोरो नेपाली समाज र गोर्खा नेपाली समाज पिटरवोरोको सयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञान चन्द्र आचार्यले नेपाल सरकार र राजदूतावासको तर्फबाट सबैलाई आउदै गरेको नेपाली नयाँ वर्षको शुभकामना व्यक्त गर्दै विदेशमा वसेर पनि नेपाली कलासंस्कृति जगेर्ना गरिरहेकोमा समाजप्रति खुशी व्यक्त गरे।

पिटरवोरो नेपाली समाजका अध्यक्ष केशब खतिवडा  र गोर्खा नेपाली समाजका अध्यक्ष मणि राम जोल्मीले समाजको तर्फबाट सबैलाई शुभकामना व्यक्त गरेका थिए।

नेपालका राष्ट्रिय कलाकर आन्नद कार्की र मल्लिका कार्कीको बेजोड  प्रस्तुति रहेको नयॉंवर्ष शुभकामना रमाईलो सॉंझमा करिव तीनसय जनाको सहभागिता रहेको थियो।

स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहेको कार्यक्रमलाई पिटरवोरो नेपाली समाजका महासचिव निरन्जन सेढाई र एकता भण्डारीले संचालन गरेका थिए।

पिटरवोरो समाजका ट्रस्टी वोर्डका संयोजक महेश अधिकारीले सबैलाई शुभकामना दिदै समाजको गतिविधि बारे जानकारी गराएका थिए।

विशेष अतिथि पिटरवोरो काउन्सीलका लिडर महमोद फारूक र काउन्सीलर गुल नवाजले पनि नेपाली नयॉंवर्षको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका थिए।