लन्डन । बेलायतको बर्मिङहममा पनि भोइस अफ नेपालका सेभेन स्टार लाइभ कन्सर्टमा उत्रने भएका छन् । बर्मिङहममा आयोजित एक कार्यक्रमा त्यहाँ रहेका नेपालीहरुले भोइस अफ नेपालको टिमलाई स्वागत गर्न आत्तुर रहेको बताए ।
बर्मिङहमको वेस्ट बर्मिचस्थित द कन्फरेन्स सुटमा,फेब्रुअरी १८ मा कन्सर्ट हुँदैछ । कार्यक्रममा शान्ति नेपाली समाज बेलायत अध्यक्ष लीला बहादुर थापा, निवर्तमान अध्यक्ष कृष्ण ढकाल, सल्लाहकारहरु प्रेम घिमिरे, शंकर भण्डारी, भोजराज भण्डारी, कृष्णा पौडेल, उपाध्यक्ष प्रेम घिमिरे, सचिव प्रवीण खराल,समाजका बुद्धिजीवी भूपी पाठक,प्रवक्ता अन्जु पाठक, मनकामना महिला समूह अध्यक्ष राधा खरेल लगायतको सहभागिता थियो। कार्यक्रममा सहभागि स्थानीयले भोइसअफ नेपालको कन्सर्ट कार्यक्रमप्रती खुसी ब्यक्त गर्दै स्वागत गर्न आत्तुर रहेको जनाए ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ ( एनआरएन ) यूकेको तर्फबाट उपाध्क्ष एबं च्यारिटी विभाग प्रमुख प्रेम गाहा मगर, एनआरएन यूके उपाध्यक्ष तथा राज्य समन्वय विभाग प्रमुख ललित न्यौपाने, सचिव तारानाथ भण्डारी कार्यसमिति सदस्य मुकेश राना सहभागि थिए । त्यसै सिलसिलामा कार्यक्रममा जानकारी दिन च्यारिटी विभाग प्रमुख सहित एनआरएनका चार जना पदाधिकारी त्यस ठाउँमा पुगेका हुन ।
भोइस अफ नेपालको बर्मिङहममा हुने कन्सर्टको बिषयमा जानकारी मुलक कार्यक्रमको सञ्चालन एनआरएन यूकेको तर्फबाट सचिव तारानाथ भण्डारीले गरे,भने राज्य समन्वय परिषद्का संयोजक समेत रहेका न्यौपानेले उपस्थित सबैलाई सम्बोधन गर्दै राज्य विस्तारका विषयमा पनि अवगत गराए ।
च्यारिटी विभाग प्रमुख उपाध्क्ष मगरले च्यारिटीको विषयमा उठेका प्रश्नहरु र भोइस अफ नेपाल कन्सर्टको बिषय सम्बन्धी कार्यक्रममको जानकारी पावर प्वान्इन्टमार्फत प्रस्तुति गरेका थिए । टिममा प्रकाश कंडेल पनि सहभागि थिए ।
बर्मिङहममा हुन लागेको कन्सर्ट कार्यक्रमप्रति स्थानीयले अनविज्ञ रहेको भन्दै गुनासो पोखेका थिए । तर एनआरएनको टिमबाट कार्यक्रमको बारेमा सम्बोधनपछि कार्यक्रम सफल बनाउन आफुहरु पूर्ण रुपले सहयोग गर्ने गरि ५ सय टिकट पनि राखेका थिए ।
‘भोइस अफ नेपाल यूके कन्सर्ट’ को आयोजक क्यान्डेजा यूके नेपाल इन्टरटेनमेन्ट लिमिटेड र एनआरएन यूकेको समन्वयमा सो कन्र्सट हुन लागेको हो । भोइस अफ नेपालका ७ स्टारलाई बेलायत ल्याउन लागेको बेलायतस्थित क्याडेन्जा यूके नेपाल इन्टरटेनमेन्ट लिमिटेडले फेब्रुअरी १६ देखि मार्च ९ सम्म बेलायतका विभिन्न ठाउंमा ‘द भोइस अफ नेपाल यूके कन्सर्ट’ आयोजना गर्र्ने यसअघि पत्रकार सम्मेलनमार्फत जानकारी गराइसकेको छ ।
कन्सर्टमा प्रस्तुति गर्न भोइस अफ नेपालका विजेता सिडे विजय अधिकारी, फाइनलका प्रतियोगीहरु सिर्जे थपलिया, कुशल आचार्य र सप्तक दूतराजको साथमा विवेक वाइवा लामा, सुरेखा क्षेत्री र श्रेया राई बेलायत आउने भएका छन् । भोइस अफ नेपालका होस्ट सुशील नेपाल समेत बेलायत आउने र बेलायतका कन्सर्टहरु उनले नै होस्ट गर्ने पनि क्याडेन्जा यूकेले बताएको छ ।प्रोडक्सन टिमका सदस्यसहित कुल ११ जनाको टोली नेपालबाट बेलायत आउंदैछ ।
फेब्रुअरी १६ मा फोक्सटनको हकिंग्स कम्युनिटी सेन्टरबाट सुरु हुने भोइस अफ नेपाल यूके कन्सर्ट फेब्रुअरी १७ मा फार्नबरोको ओकफार्म लिजर क्लबमा, फेब्रुअरी १८ मा बर्मिङहमको वेस्ट बर्मिचस्थित द कन्फरेन्स सुटमा, फेब्रुअरी २३ मा लण्डन फेल्थामको फेल्थाम कम्युनिटी कलेजमा, २४ फेब्रुअरीमा प्लमस्टिडको एशियन कम्युनिटी सेन्टरमा, मार्च ३ मा रेडिङको साउथ रेडिङ कम्युनिटी सेन्टरमा र ९ मार्चमा स्वीण्डनको पञ्जाबी कम्युनिटी सेन्टरमा आयोजना हुनेछ ।
बर्मिङहमको वेस्ट बर्मिचस्थित द कन्फरेन्स सुटमा हुने शोको टिकटका लागि विशेष सहुलियतसहितको १५ पाउण्डमा टिकट उपलब्ध गराइएको छ । कार्यक्रम हुने स्थानहरु—-
The tour dates and venues are listed as follows…
[A] 16th February 2019 – FOLKESTONE
Hawkinge Community Centre, Heron Forstal Avenue, Folkestone, Kent CT18 7FP
[B] 17th February 2019– FARNBOROUGH
Oak Farm Leisure and Activity Club, Ballantyne Rd, Farnborough GU14 8SN
[C] 18th February 2019– BIRMINGHAM
The Conference Suite, 10 – 24 Thomas Street, West Bromwich, Birmingham. B70 6LY
[D] 23rd February 2019– FELTHAM
Feltham Community College, Browells Lane, Feltham, London TW13 7EF
[E] 24th February 2019 – PLUMSTEAD
Asian Community Centre, White Hart Lane, Plumstead, London SE18 1DG
[F] 3rd March 2019– READING
South Reading Community Centre, 252 Northumberland Avenue, Reading, Berkshire RG2 7QA
[G] 9th March 2019 – SWINDON