सभामुखले मनाङ्गेको शपथबारे बोली फेरे

पोखरा– गण्डकी प्रदेशका सभामुख नेत्रप्रसाद अधिकारीले राजिव गुरुङ (दिपक मनाङ्गे) ले सपथ लिने नलिने भन्नेबारेको धारणा आज सार्वजनिक गर्ने बताएका छन् ।

केहि दिनअघि मात्रै मनाङ्गेको सपथ नगराउने बताएका सभामुख अधिकारीले आफैँले बोलेको कुरा फेर्दै मंगलबार मात्र सपथबारे ठोस निर्णय आउने बताएका हुन् ।

आइतबार बेलुकी पोखरा आएका गुरुङले सोमबारबाट भेटघाट बढाएका थिए । उनले सोबार नै प्रदेशसभा परिसरमा मुख्यमन्त्रीलगायत अन्य प्रदेश सदस्यहरुसँग पनि भेटघाट गरेका थिए ।

सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफ्नो सपथ लिने अधिकार भएकाले सपथ लिएर मात्र फर्कने बताए ।

दिपक मनाङ्गे प्रदेश शभा परिसर पुग्दा सबैको ध्यान उनीतिर नै थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *