शिव भण्डारी /लन्डन

गैर आवासीय नेपाली संघ एनसिसी जापानको साधारणसभा आठ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । टोकियोको नाकानो हलमा भएको साधारणसभा आठ बूँदे घोषणापत्र जारी गर्दै सकिएको हो । साधारणसभा जापानको लागि नेपाली राजदूत प्रतिभा राणाले उद्घाटन गरेकी थिइन् । लगाएत नेपाली समुदायमा महत्व पूर्ण सहयोग पुर्याउने ४ जना जापानिज नागरिकलाई विशेष सम्मान गरिएको थियो ।

परिषदका अध्यक्ष टाशी वान्ग्दी लामाको सभापतित्वमा सम्पन्न कार्यत्रममा एनआरएनए आइसीसी युवा संयोजक सुदन थापा ,एसिया प्यासेफिक क्षेत्रिय संयोजक किरण बिक्रम थापा ,उपसंयोजक पारसमणि पोख्रेल लगायत सहभागि थिए । साधारणसभामा एनआरएनएका आइसीसी सदस्यहरु ,राजनैतिक दलका भात्री संगठनका प्रमुखहरु ,पत्रकार महासंघ,जनजाती महासंघ लगाएत जापानमा स्थित सक्रिय संघ सस्थाका प्रमुखहरु, एनआरएन जापनका सल्लाकार ,मानार्थ परिषद, क्षेत्रिय कमिटि संयोजक तथा प्रतिनिधिहरुको अतिथिको रुपमा उपस्थिति रहेको थियो । गैर आबासीय नेपाली संघका अध्यक्ष भबन भट्ट भने बिशेष कामबस नेपाल हुनु भएता पनि कार्यक्रम सफलताको शुभकामना सहित भिडियो संदेश पठाउनु भएको थियो ।

साधारणसभाले नयाँ संशोधित विधानअनुसार एनआरएनए जापानको आगामी अधिवेशन बाट ३१ सदस्यीय कार्यसमिति, १ महिला उपाध्यक्ष,१ युवा उपाध्यक्ष १ क्षेत्रीय उपाध्यक्ष गरी ५ उपाध्यक्ष, १ क्षेत्रको आरक्षण सहित ३ सचिवको व्यवस्था गरिएको छ।

फेसबुक कमेन्ट