पेट्रोलको बढ्दो अभावका कारण मोटरसाइकल कुदाउन पाउनु भएको छैन ? तपार्इँको समस्यालार्इ समाधान गर्न भारतका एक विद्यार्थीले तपार्इँलार्इ आश्चर्यमा पार्ने प्रविधिको विकास गरेका छन् ।
भारतीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार त्यहाँको चन्डीगढको सेक्टर-२२ मा रहेको सरकारी मोडल स्कुलका १० कक्षाका एक विद्यार्थीले पानीबाट मोटरसाइकल चल्ने प्रविधिको विकास गरेका हुन् ।
१० कक्षामा अध्यननरत छात्र नित्याशिष भण्डारीले भौतिक विज्ञानका शिक्षक अजय गुप्ताको निगरानीमा पानीबाट मोटरसाइकल गुड्ने प्रविधिको विकास गरेका हुन् ।
उनले निर्माण गरेको प्रविधिको भारतीय सरकारले गरेको एक प्रदर्शनीमा समेत उनले राखिसकेका छन् । नित्यले बनाएको यो सानो भाँडोलार्इ आफ्नो मोटरसाइकलमा पनि जोडेका छन् । यो भाँडोमा दुर्इ लिटर भन्दा बढी पानी अट्दैन ।
उनले मोटरसाइकल पानीबाट कुदाउन लिए अक्सी हाइड्रोजन सेलको तीनवटा इन्जिनमा फिट गरेका छन् । जसले पानीलार्इ अक्सी हाइड्रोजन ग्यासमा बदलिदिन्छ । पानीबाट चल्ने मोटरसाइकल स्टार्ट गर्न भने पेट्रोलकै आवश्यकता पर्छ । मोटरसाइकल स्टार्ट भएपछि तुरुन्तै ग्यासले काम गर्न थाल्छ । त्यपछि इन्जिनमा जति ग्यास उत्पन्न हुन्छ, त्यति नै खर्च भइरहन्छ । 
पानीबाटै गुड्ने भयो मोटरसाइकल






