माघेसक्रान्तीको अवसरमा नुवाकोटको तारुकामा गोरु जुधाई प्रतियोगिता

(नुवाकोट), ‘तारुकाको पौरख नेपालको गौरब’ भन्ने मुल नाराका साथ नुवाकोटको तारुकामा हरेक वर्ष झैं यसवर्षपनि माघेसक्रान्तीको अवसरमा गोरु जुधाई प्रतियोगिता भएको छ । वर्षौ पहिलेदेखि जुघाइँदै आएको गोरु जुधाई प्रतियोगिताको उद्घाटन युवा तथा खेलकूदमन्त्री पुरुषोतम पौडेलले गरेका थिए । तारुका–५ चन्दनीस्थित कटरबोटको पाटोमा व्यवस्थित ढंगले जुधाइएको प्रतियोगितामा १४ हल गोरु जुधाइएको गोरुजात्रा मेला व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर बखरेलले जानकारी दिए । प्रतियोगिता हेर्न नुवाकोटसहित, धादिङ, गोर्खा, रसुवा, काठमाडौंलगातका जिल्लाबाट हजारौं दर्शकहरु तारुका आएका थिए । पछिल्ला वर्षहरुमा व्यवस्थित ढंगले चलाइँदै आएको गोरुजात्रा प्रतियोगिताको व्यापक विकास र विस्तार गरिनुपर्नेमा स्थानीयहरुले जोड दिँदै आएका छन् । पछिल्ला वर्षहरुमा गोरुजुधाई प्रतियोगिताले राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा समेत स्थान पाउन थालेपछि केहि आशा गर्ने स्थिति  रहेको छ  । nuwakot-goru-jatra-51स्थानीयहरुका अनुसार गोरुका लागि किसानहरुले निकै स्याहास सुसारका साथ पाल्ने गरिन्छ । बर्षभर अण्डा, चामल मासलगायतका पोसिलो आहारा खुवाएर गोरुलाई जुधाउनका लागि तयार पारिन्छ ।