भारत र पाकिस्तानको सीमा क्षेत्रनजिकै बिहीबार गोली हानाहान भएको समाचार छ । सो दोहोरो फायरिङ्मा परी भएको मानवीय क्षतिको विवरण भने नआएको अधिकारीहरुले जनाएका छन् । भारत प्रशासित काश्मिरी सहर श्रीनगरबाट करिब ८३ किलोमीटर दक्षिणमा पर्ने सापाइन जिल्लानजिकैको जङ्गलमा सो झडप भएको बताइएको छ ।
उक्त सीमा क्षेत्रमा समय समयमा दुवै देशका सीमा रक्षकबीच दोहोरो फायरिङ हुने गरेको थियो । तर यस पटक भने भारत र पाकिस्तानबीचको नभई हतियारधारीबीच सो भिडन्त सुरु भएको बताइएको छ ।
अधिकारीहरुले दिएको जानकारीअुनसार उक्त जङ्गलमा हतियारधारीहरु लुकेर बसेको सूचनाको आधारमा भारतीय सेनाले उक्त क्षेत्रमा पछ्याइरहेको थियो । बिहीबार अपराह्न त्यहाँ दुवैतर्फ भिडन्त भएको र ठूलो सङ्ख्यामा प्रहरी र भारतीय सैनिक त्यसतर्फ लागेको काश्मिरका प्रहरी अधिकारीले जनाएका छन् ।
काश्मिरमा हतियारधारी र भारतीय सेनाबीच भिडन्त






