सुरेन रुपाखेती
लन्डन। मदर्स डेको अवसरमा प्लमस्टिडमा ग्रीन्विच ममिज फोरुम द्वारा अत्यन्त मौलिक ढंगबाट बालबालिका हरुले आ-आफ्ना आमाहरुलाई सम्मान गर्ने कार्यक्रम आयोजना गरियो । गत आईतवार आयोजित उक्त विशेष कार्यक्रममा प्ल्म्स्टेड नजिक बसोबास गर्ने नेपाली महिला दिदीबहिनी तथा बालबालिका हरुको उल्लेख्य सहभागिता रहेको थियो। 

उक्त अवसरमा विभिन्न सांस्कृतिक तथा नाचगान कार्यक्रमको साथै बालबालिकाहरु ले आ-आफ्ना आमा हरु लाई फुल तथा उपहार दिएर सम्मान गरेका थिए । त्यसै गरी बालबालिका ले मदर्स डेको बारेमा कबिता सुनाउदा उपस्थित सबै मन्त्रमग्नं भएका थिए ।

संस्थाकी अध्यक्ष गौमाया गुरुङ रानाभाटको अध्यक्षतामा सन्चालित उक्त कार्यक्रममा रोयल बरो अफ ग्रिन्विचकि डेपुटी लिडर काउन्सिलर एभिर्ल लिकाउको प्रमुख आतिथ्यता रहेको थियो । बिदेसमा आफ्ना बालबालिकाहरूलाई नेपाली भाषा ,सँस्क्रृती तथा रहन सहनमा परीचित गराऊने अभिप्रायले खोलिएको यो समुहले आफ्ना बालबालिकालाई समय समयमा भेटघाट गरी बिभिन्न कार्यक्रम हरु जस्तै स्थानिय एरिया मा सरसफाइ , खडेरी समयमा पार्कमा भएका रुख बिरुवामा पानी हाल्ने, बिरामी विद्यार्थीलाई बिबिध सहयोग गर्दै बिभिन्न सामाजिक सेवामा समेत सक्रिय रहदै आएको संस्थाकी अध्यक्ष गौमाया गुरुङ रानाभाटले प्रस्ट्याउदै उपस्थित सबैलाई शुभकामना ब्यक्त गरीन।
उक्त कार्यक्रममा स्थानिय काउन्सिलर जित रानाभाट , आर जि एन एस् का कार्य बाहक अध्यक्ष पुन्य रेग्मी तथा महासचिब मन्जु भण्डारी , समाज सेवी अर्क राज तिमील्सिना , सामाजिक अभिन्यता राममाया बिष्ट , सुदेशा बजगाई लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम संचालन उक्त संस्थाकी महासचिब पबिता पौडेल र स्वागत मन्तब्य सस्था का उपाध्यक्ष महिमा शाह ले गरेकी थिईन ।
उक्त कार्यक्रम को ब्यबस्थापन मा संस्था का अग्र पन्ती का ममीहरु लक्ष्मी गुरुङ, गीता कार्की, गीतान्जली डुंगाना , उशा देउजा थापा , गोमा ढकाल ,मारिया तिमील्सिनाले बिशेष भूमिका निर्बाह गरेका थिए ।







