शिब भण्डारी
लण्डन । चार्ल्टन नेपाली समाज यूकेले नेपाली नयाँ बर्ष २०८०विशेष कार्यक्रम गर्ने भएको छ । समाजले नेपाली नयाँ वर्षलाई विशेष स्मरणीय बनाउन चाहनेहरूलाई लक्ष्य गरेर ९ अप्रिल आईतबार साझँ ६ बजे देखी ११ बजे सम्म मेरिडियन स्पोर्टस क्लवको सभाहलमा भब्य कार्यक्रम गर्ने भएको हो
समाजका कार्यवहाक अध्यक्ष प्रकाश कंडेलले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्ने उद्देश्यले चर्चित कलाकारहरु गायक रमेशराज भट्टराई ,गायिका सम्झना भण्डारी र मोडेल करिश्मा ढकाल निम्ताएको बताए।
कार्यवहाक अध्यक्ष कंडेलले लण्डन नेपाल न्यूजलाई भने, ‘अत्याधुनिक सुविधा सहित सबैले पूर्ण पारिवारिक वातावरणमा भरपूर मनोरञ्जन लिन पाउनुहुन्छ।’
स्वादिष्ट खानपिन र चर्चित डिजे हेम विष्टको प्रस्तुती सगैं राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने कडेंलले जानकारी दिए।
कार्यक्रममा उपस्थित भएर मनोरंजन लिनका लागि टिकट दर बयस्कको लागी १५ पाऊण्ड तथा ६ बर्ष देखी माथी ११ बर्ष सम्मका लागी १० पाऊण्ड र ५ बर्ष मुनीकाको लागी फ्री को ब्याबस्था गरिएको छ ।
कार्यक्रममा पानीको स्पोन्सर समाजका कार्यसमितीका सदस्य किरण सापकोटाले गरेका छन् भने टिकट स्पोन्सर समाजका सल्लाहकार तथा सनराईज सोलुसनका प्रोपाटर प्रेम गैरे गरेका हुन।
नयाँ वर्षको शुभकामना साटासाटसगैं नयाँ वर्षलाई विशेष बनाउँदै आपसी सम्बन्ध अझै सुदृढ बनाउन कार्यक्रममा उपस्थित हुन कडेंलले सबैसगं अनुरोध समेत गरेका छन् ।
Date :- 9th April Sunday-2023 Time :- 6pm – 11pm
Address:- Meridian Sports & Social Club Charlton Park Lane , SE7 8QS






