मेयरकै मिलेमतोमा जग्गा कारोबारीले बाटो नै मिचे

काठमाडौं– राजधानीको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीको मिलेमतोमा घरजग्गा व्यवसायी ईश्वरी अधिकारीले सरकारी बाटो मिचेको आरोप लागेको छ ।

साविक धापासी–८ तथा हाल टोखा नगरपालिका–७ मा पर्ने प्रगती टोलमा अधिकारीले परम्परागत बाटोमा पर्खाल लगाएर भवन निर्माण गरेको स्थानियहरुले बताएका छन् ।

टोखा नगरपालिका–७ का वडाध्यक्ष गोपी पाठक समेतको मिलेमतोमा अधिकारीले आफ्नो ९ आना जग्गालाई बाटो समेत गाभेर १० आना ३ दाम ३ पैसा बनाएर घर निर्माण कार्य शुरु गरेपछि स्थानीय आक्रोशित बनेका छन् ।

‘नक्सामा स्पष्ट बाटो देखिन्छ’ एक स्थानीयले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘परम्परागत बाटो मिच्दा जनताले दुःख पाएका छन्, प्रहरी प्रशासन समेत मुकदर्शक बनेर बसेको छ ।’

यसरी परम्परागत बाटो मिचेको बारे सम्पर्क गर्न खोज्दा ईश्वरी अधिकारीसँग सम्पर्क हुन सकेन् ।