नयाँ मन्त्रीको सपथ ५ बजे गराउने तयारी

काठमाडौं–आज साँझ पाँच वजे मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ ।
मन्त्रीको नाम टुंगो लगाउन दलहरु आन्तरिक छलफलमा रहेको बेला मुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीले मन्त्रीको शपथ ग्रहण समारोहको तयारी गर्न राष्ट्रपति कार्यालयलाई आग्रह गरेका हुन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार मुख्य सचिवले राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेललाई फोन गरि तयारमा रहन निर्देशन दिएका छन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले लिखित जानकारी नआएपनि मुख्य सचिवबाट सपथ ग्रहणको तयारी गर्न भनिएको जानकारी दिए ।

नेपाली काँग्रेस र माओवादी केन्द्र मन्त्रीको टुंगो लगाउन आन्तरिक छलफलमा रहेका छन् ।
छलफल टुंगोमा पुगे पाँचवजे नव नियुक्त मन्त्रीहरुका शपथ ग्रहण हुने राष्ट्रपति कार्यालय स्रोतको भनाई छ ।