तक्दीर अधिकारी
सिड्नी । छैठौं एक्सपर्ट कप एक दिवसीय फुटबल प्रतियोगिता आइतबार जनवरी १९ मा आयोजना हुने भएको छ । प्रतियोगिता तामाङ रिक्रेयसन क्लब (टिआरसीसी) ले आयोजना गरेको हो ।
मेलवर्नको रोयल वेस्र्टन र क्यानबेराको युनाइटेड क्यानबेरासहित कुल २० वटा फुटबल टोलीको प्रतियोगितामा सहभागिता रहने क्लबका सचिव बैकुण्ठ डंगोलले बताए । प्रतियोगिताको विजेतालाई दुई हजार डलर र उपविजेतालाई एक हजार डलर पाउने टिआरसिसीका संस्थापक अरुण तामाङले जानकारी दिए ।
प्रतियोगिताको आकर्षण नेपालका अन्तर्राष्ट्रिय खेलाडी रोहित चन्द हुनेछन् । इन्डोनेसियाको लिग फुटबल खेलिरहेका चन्द अस्ट्रेलिया आइपुगेका छन् । इन्डोनेसियाबाट अस्ट्रेलिया आएका रोहित प्रतियोगिता हेरेर फर्किने छन् ।
एक्सपर्ट एजुकेसनको कार्यालयमा गत शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रयोजकको तर्फबाट एक्सपर्टका निर्देशक सञ्जिव शर्माले खेलकुद विदेशी भूमिमा नेपाली समुदायलाई जोडने महत्वपूर्ण माध्यम भएको बताए । उनले भने, ‘युवालाई खेलकुदले प्रतिभा प्रस्फुटन गर्नुका साथै स्वस्थ राख्छ । त्यसैले यसको महत्व दिनानुदिन बढेको छ ।’






