बेलायतबाट अटिजम केयर नेपाललाई गरियो आर्थिक सहयोग

काठमाडौं । सुस्त मनस्थिति भएका बालबालिकाको क्षेत्रमा काम गरिरहेको अटिजम केयर नेपाललाई बेलायतबाट २४ हजार ५ सय रुपैयाँ सहयोग उपलब्ध गराइएको छ ।नेपलिज वुमन एसोसिएसन यूकेकी अध्यक्ष आरती श्रेष्ठले क्रिसमसका अवसरमा आयोजित एक कार्यक्रमबाट संकलन भएको उक्त रकम सोलिसिटर राजु थापाले शुक्रबार डा. कपिल श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्।

हस्तान्तरण कार्यक्रममा परराष्ट्र मन्त्रालयका उपसचिव तेजबहादुर क्षेत्री,नेप्लिज विमिन एसोसिएसन यूकेकी अध्यक्ष आरती श्रेष्ठ,बेलायतस्थित एभरेस्ट ल सोलिसिटर्सका प्रिन्सिपल सोलिसिटर राजु थापा,गायक योगेश्वर अमात्य लगायतको उपस्थिति थियो । सुस्त मनस्थिति भएका बालबालिकाको शिक्षाका लागि उक्त रकम हस्तान्तरण गरिएको हाल नेपालको भ्रमणमा रहेका सोलिसिटर राजु थापाले जानकारी दिए।

नेपलिज वुमन एसोसिएसन यूके अध्यक्ष आरती श्रेष्ठ

यस अघि पनि वुमन एसोसिएसन यूकेकी अध्यक्ष आरती श्रेष्ठले गत मे २०१९ मा बेलायतको संसदमा नेपालका अटिज्म पीडितहरुको सहयोगार्थ गरेको एक च्यारिटी कार्यक्रमबाट संकलित ३७५,००० रुपियाँ पनि अटिज्म केयर नेपाललाई प्रदान गरिएको थियो ।

सन् २००८ मा स्थापना भएको उक्त केयर सेन्टर ललितपुरको हरिसिद्धीमा रहेको छ । केयर सेन्टरमा २१ जना सुस्त मनस्थिति भएका बालबालिकाले संरक्षण पाइरहेका छन् । सेन्टरकी अध्यक्ष सुनिता मलेखु अमात्यका अनुसार सेन्टरको पाँच प्रदेशमा ७ वटा शाखा रहेका छन् । झापा, विराटनगर, चितवन, सुर्खेत, पोखरा, काठमाडौं र वीरगन्जमा शाखा रहेको छ । सुस्त मनस्थिति भएका बच्चाहरु लाई दिउँसो स्याहार गर्नुका साथै उनीहरुका अभिभावकलाई तीन तीन महिनामा तालिम दिइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *