तक्दीर अधिकारी
सिड्नी । थारु सोसाइटीले सिड्नीमा माघी पर्व भव्य रुपमा सम्पन्न गरेको छ । माघी पर्व सोसाइटीको यो दोस्रो संस्करण हो । कार्यक्रममा थारु समुदायका साथै सम्पूर्ण नेपाली समुदायको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम गत बुधबार माघ १ गते टेम्पे पार्कमा आयोजना गरिएको थियो।

कार्यक्रम दिपनारायण चौधरीको अध्यक्षता भएको थियो । उक्त कार्यक्रमको सञ्चालन सोफ़िया चौधरी मनोरमा चौधरी तथा रिंकु चौधरी गरेका थिए भने अतिथि स्वागत संस्थाका सल्लाहकार रामेश्वर चौधरीले गरेका थिए । उपस्थित अतिथीहरुलाई संस्थाका सल्लाहकार दुर्गानन्द चौधरीले पगरी तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

थारु कलाकारहरुको बेजोड़ प्रस्तुति रहेको उक्त कार्यक्रममा कला संस्कृति झल्कने भेषभूषासहित बिभिन्न परम्परागत परिकारहरु तथा छ्याङ लगायतको व्यवस्था गरिएको थियो । पूर्वदेखि पश्चिम सबै ठाउका थारूले लगाऊने पहिरनबारे प्रदर्शनी गरेको थियो । कार्यक्रमको प्रमुख आकर्षण भने थारू लाठ्ठी नाच थियो, अस्ट्रेलियामा यो पहिला पटक प्रदर्शन गरिएको थियो । कार्यक्रमको अन्तिम चरणमा सिडनीको प्रख्यात नेपाली डिजे नटकेस ले सबैलाई आफ्नो धुनमा झुमाएका थिए । विगत केहिदिन अघि अष्ट्रेलियामा लागेको डढेलो निभाउन खटेका फायर फाइटरहरुलाई सहयोग का निम्ति चन्दा बाकस पनि राखिएको थारू सोसाइटीका पव्लिक अफिसर अरून आर्यन चौधरीले बताए ।

कार्यक्रमका प्रमुख अतिथिमा शिवप्रसाद चौधरी थिए । उपस्थित अन्यमा एनआरएनएका प्रबक्ता नन्द गुरूङ, उपाध्यक्ष तथा एनएसडब्लु संयोजक देव गुरुङ, निन्फाका महासचिव कर्ण राजबंशी, उपाध्यक्ष लक्ष्मण गुरूङ, वेइस रियल स्टेटकाका प्रज्वल भट्टराई तथा समीर श्रेष्ठ, एक्सपर्ट एजुकेशनकाका संजिब शर्मा, इनोभेटिभ एसोसिएसनकाका डिला खरेल, एमजी एसोसिएनका रेखा अधिकारी एनआरएन एनएसडब्लुका युवा संयोजक इर्साद अहमद, नेपाली जनसम्पर्क समिति एनएसडब्लुका अध्यक्ष इथान शाक्य, नेपाली पैसाका सीइओ विनोद पौडेल, इन्द्रिणी फङ्सनका लक्ष्मण सापकोटा, आदिबासी जातीय संस्थाका पदाधिकारीहरुमा गुठ्ठी अष्ट्रेलियाका शिव श्रेष्ठ, किराँत खाम्बु राई सोसाईटीका सन्तोष थुलुङ राई, किरात याक्थुङचुम्लुङ अस्टङेलियाका शशी सुब्बा, मगर समाज अस्ट्रेलियाका अनिल थापा मगर तथा सुदर्शन थापा मगर साथै झापाली समाजका अध्यक्ष उमेश पोखरेल, दिनेश पोखरेल, कञ्चन पोखरेल, सुरेन्द्र सापकोटा, केशव जोशी, गजेन्द्रराज फ्याक, नेपाली टाईम्सका सुजित सिगदेल, अनलाईन खवरका मनऋषि धिताल , वेलफेयर सोसाइटीका प्रवक्ता कृष्ण चौधरी र चितवनका रामानन्द महतोलगायतको कार्यक्रममा उपस्थिति थियो ।








