रूपेन्दही समाज अष्ट्रेलियाको अध्यक्षमा मुक्तिराम पोख्रेल चयन, अरु को को भए निर्वाचित ?

तक्दीर अधिकारी
सिड्नी । रूपेन्दही समाज अष्ट्रेलियाको अध्यक्षमा मुक्तिाराम पोखरेल चयन भएका छन् ।संस्थाको अधिवेशनले पोख्रेलको अध्यक्षतामा वर्ष २०२२–२०२४ को २८ सदस्यीय कार्यसमिति चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा शुशील नेपाल, उपाध्यक्षमा रोशन कोईराला, दिवाकर काफ़्ले, महासचिवमा रंजिता अधिकारी भण्डारी, सचिवमा रवि केसी र कोषाध्यक्षमा विप्लव सापकोटा चयन भएका छन् ।

५ डिसेम्बर  आइवार रक्डेलमा सपन्न भएको अधिवेशनले भाषा, कला तथा साहित्य विभाग संयोजकमा सूचना पाण्डे, सहसंयोजकमा प्रदीप खनाल, जनसम्पर्क अधिकृतमा सुरज खत्री, परियोजना संयोजकमा राजन खड़का, आईटी कनसलटेन्टमा सरोज पाण्डे, खेलकुद विभाग संयोजकमा सरोज पाठक, सहसंयोजकमा दिल खड़का, महिला विभाग संयोजकमा सिर्जना खडका गैरे, सहसंयोजकमा ग्रीष्मा पाण्डेले जिम्मा पाएका छन् ।

यसैगरी अन्य सदस्यहरुमा पदम अधिकारी, मनोज सिलवाल, प्रदीप पन्थी, गायत्री पाठक पौडेल, बासु खरेल, भुवन रेग्मी, कमल अर्याल, नारायण भण्डारी, आनन्द अधिकारी, सपना गरूङ, होम उपाध्याय र आशिष घिमिरे रहेका छन्। यस्तै समाजले सल्लाहकार समिति समेत गठन गरेको छ । जसको सदस्यहरुमा डा. प्रकाश पौडेल, डा. चीज श्रेष्ठ, चुन्ना क्षेत्री, मोहन पाण्डे, विक्रम अभय विश्वकर्मा, कमल भण्डारी, वीना पौडेल रहेका छन् ।

संस्थाका निवर्तमान अध्यक्ष ईश्वर पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङको प्रमुख आतिथ्यता रहेको थियो भने एनआरएनए आइसिसीका उपाध्यक्ष मना केसी, प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका सचिव शिशिर नेपाल, समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार राज खनाल, समाजका पूर्वअध्यक्ष कृष्ण गैरेको विशिष्ट आतिथ्यता रहेको थियो ।

त्यस्तै एनआरएनए न्यू साउथ वेल्स राज्यकी उपसंयोजक सुकीर्ति भट्ट, एनआरएनए ओसनिया क्षेत्रका पूर्वसंयोजक धर्मराज अधिकारी, फेन्का अष्ट्रेलियाका महासचिव डा. मधु पुडासैनी, प्रवासी नेपाली युवा मञ्च, अष्ट्रेलियाका अध्यक्ष अरुण गौतम, सोही संस्थाका केन्द्रीय सदस्य एवं मल्टी ड़ाइनामिक रियल स्टेटका प्रमुख मेघराज पौडेल, फेनका न्यू साउथ वेल्स राज्यका अध्यक्ष बिष्णु हमाल, प्रवासी नेपाली मञ्च न्यु साउथ वेल्स राज्य अष्ट्रेलियाका सचिव शिव पौडेल, गुल्मी समाज अष्ट्रेलियाका अध्यक्ष भीम खरेल, अर्घाखाँची समाज नेपालका महासचिव मीन भुषाल, नाइफा पूर्व अध्यक्ष सागर अधिकारी, एनआरएनए अभियान्ता डिला खरेल, भीमसेन सापकोटा, डा. नारायण प्रधान, युवराज भट्टराई, अनीसास न्यु साउथ वेल्स प्रमुख ममता तिवारी लगायत विभिन्न संघसंस्थाका पदाधिकारी तथा सामाजिक अगुवाहरुको विशेष सहभागिता रहेको थियो ।

सो अवसरमा प्रमुख अतिथि एनआरएनए अष्ट्रेलिया अध्यक्ष नन्द गुरुङसहित एनआरएनए आइसिसीका उपाध्यक्ष मना केसी, फेन्का अध्यक्ष बिष्णु हमाल, महासचिव डा. मधु पुडासैनी, एनआरएनए न्यू साथउ वेल्स सहसंयोजक सुकृति भट्ट, एनआरएनए नेत्री इन्द्रा बन, अरुण गौतम, मल्टीडायनामिक रियलस्टेटका प्रिन्सीपल व्यावसायी मेघराज पौडेल, भीमसेन सापकोटा, राज खनाल, धर्मराज अधिकारी, शिशिर नेपाल लगायतले सम्बोधन गर्दै नयाँ कार्यसमितिलाई शुभकामना समेत दिएका थिए ।

समाजका महासचिव दिवाकर काफ्लेले सञ्चालन गरेको सो कार्यक्रममा करिब १५० जना सहभागि थिए । सो अवसरमा विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।

अध्यक्ष भइसकेपछि के भन्छन् पोखरेल ?

अध्यक्षमा निर्वाचित भइसकेपछि लण्डन नेपाल न्यूजसँग कुरा गर्दै पोखरेलले संस्थालाई नयाँ शिराबाट सुसंगठित र व्यवस्थित बनाएर अघि लैजाने योजना सुनाएका छन् । अष्ट्रेलियामा आएका नेपाली युवा युवतीहरु विभिन्न कुलतहरुमा लागेको भन्दै उनीहरुलाई सो लतबाट मुक्ति दिलाउने गरी एनआरएनए लगायतका नेपाली संघसंस्थाहरुसँग कार्यदल बनाएर काम गर्ने योजना रहेको बताए ।

मानवीय सेवाको लागि यहाँका रक्तदातासँग समन्वय गरी रक्तदान कार्यक्रम गर्ने, नेपालका गरिब पछिडीएका समुदायअन्तर्गत पर्ने ६ जना गरिब विद्यार्थीहरुलाई निशुल्क पढ्ने व्यवस्था मिलाउने, मानिसहरुमा सकारात्मक सोँच बढाउँदै मानव संसाधन विकास गर्न विभिन्न तालिमका कामहरु प्रदान गरी अवसर दिलाउने अभियान चाल्ने उनले बताए ।

त्यस्तै विभिन्न संघसंस्थाहरुसँग मिलेर सामाजिक विकास, सचेतना, शिक्षा प्रबद्र्धन गर्ने, फुटबल र क्रिकेट खेल्ने खेलाडीहरुलाई सहायत पुर्याउने गरी प्रतियोगिताहरु सञ्चालन गर्ने, कला साहित्य संस्कृतिको प्रबद्र्धन गर्न विभिन्न संघसंस्थासँग सहकार्य गर्ने पनि योजना रहेको उनले बताए ।

त्यस्तै संस्थाको संगठन विस्तार गर्ने योजना अनुरुप बाँकी रहेका राज्यहरुमा पनि शाखा स्थापना गरी काम गर्ने भन्दै उनले समाजलाई अझै सुव्यवस्थित र संगठित गराउने अभियान समेत चलाउने उनले बताए ।