सिड्नी । समरको पहिलो दिन आएको आँधीले सिड्नीमा विपत्ती निम्त्याएको छ । बेल टावरमा परेको चट्याङ्गको कारण सिड्नीकै ऐतिहासिक मानिने उक्त टावर ध्वस्त भएको छ । टावरमा लागेको आगो नियन्त्रण गर्न ५ वटा अग्निनियन्त्रक यन्त्रहरु प्रयोग गरिएको थियो । जसले गर्दा टावर बाहेक त्यस क्षेत्रका अन्य भवनहरुमा क्षती हुन पाएन । उक्त भवनभित्र कोेही पनि नभएको कारण मानविय क्षेती पनि हुन पाएन ।
बीबीसीका अनुसार न्यू साउथ वेल्सका २० हजार भन्दा बढी घरहरुमा पावर कट भएको छ । ब्यु माउन्टेन, हक्सबेरी र सेन्ट्रल कोस्ट क्षेत्रमा रहेका घरहरुमा विद्युत प्रशारण बन्द भएकोे छ ।






