कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

काठमाडौँ । पुल उद्घाटनको विषयमा विवाद भएपछि प्रहरीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिएको छ । निषेधाज्ञा तोडेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले पौडेललाई नियन्त्रणमा लिएको हो।

तनहुँको ब्यासमा मोटरेवल पुल उद्घाटनको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपाका कार्यकर्ताबीच विवाद बढेको थियो । उद्घाटनमा विवाद हुँदा कांग्रेस र युवासंघबीच विवाद भएपछि सम्भावित झडप रोक्न स्थानीय प्रशासनले निषेधाज्ञा गरेको छ । बुधबार मध्याह्न १२ बजेबाट साँझ ६ बजेसम्मलाई निषेधाज्ञा लगाइएको हो।

तनाव बढ्दै गएपछि प्रहरीले कांग्रेस वरिष्ठ नेता पौडेललाई नियन्त्रणमा लिएको हो । पौडेलले सामाजिक सञ्जाल फेसबुकमा एक समाचार लिंक शेयर गर्दै आफू प्रहरी नियन्त्रणमा रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु । साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस ’।