तारानाथ भण्डारी ,
लण्डन । नोटिघम नेपाली समाज युकेले गत सोमबार एक कार्यक्रमका बीच दशै विषेश शुभकामना आदान-प्रदान तथा भेट-घाट कार्यक्रम भब्य रुपले सम्पन्न गरेको छ ।
नेपाली समाज नोटिघमका अध्यक्ष श्री गोविन्द खरेलको सभापतित्व एनआरएन युकेका अध्यक्ष योग कुमार फगामीको प्रमुख आतिथ्य तथा नोटिघम सिटि काउन्सिलका शऋफ केथृन अर्नोल्ड विशेष अतिथी रहेको उक्त कार्यक्रम समाजका प्रवक्ता तथा सचीव रविन्द्र शर्माको सन्चालन र उपाध्यक्ष गीता भट्टराईको स्वागत मन्तव्यमा शुरु भएको थियो भने उपाध्यक्ष दीपक साप्कोटा ,खेलकुद सम्योजक गङा ढकाल तथा कोसाध्यक्ष्र दीपक ओझाले ब्यवस्थापन गरेका थिए ।
उक्त कार्यक्रममा नेपाली समाज नोटिघमका सस्थापक अध्यक्ष रण बहादुर के सि, भुतपुर्व अध्यक्षहरु तारानाथ भण्डारी तथा बिष्णु चालिसे निबर्तमान अध्यक्ष प्रवीण पान्डे , निबर्तमान उपाध्यक्ष तथा संरक्षक लाल बहादुर थापा,कृष्ण खरेल तथा शम्भु पाण्डे पुर्व महासचिव डिलाराम गौतम सहित सामाजिक अभियन्ताहरु,बुद्धिजीवी तथा सम्पूर्ण नोटिघम्वाशीहरुको बाक्लो उपस्थिति रह्यो ।
नोटिघम नेपाली समाजको निमन्त्रणामा साझा नेपाली समाजका अध्यक्ष महेश अधिकारी ,भुतपुर्व अध्यक्ष गङाधर गौतम, वर्तमान वरिष्ठ उपाध्यक्ष नारायण फुयाल,गल्कोट समाजका अध्यक्ष राजु कंडेल ,सृजन्शिल लेस्टर समाजका निवर्तमान अध्यक्ष प्रेम आले मगर ,हाम्रो नेपाली समाज वेस्ट मिड्ल्याण्डका अध्यक्ष शिव खरेल , भुतपुर्व अध्यक्ष कृष्ण शर्मा ( साप्कोटा ) शान्ति नेपाली समाज बर्मिङ्हमका प्रतिनिधि प्रेमलाल घिमिरे ,बरिस्ठ समाजसेवी तथा सेफ असोसिएसनका अध्यक्ष कृष्ण तिमिल्सिना आदि समाजिक अभियन्ताहरुको उपस्थिति थियो ।
अनौपचारिक कार्यक्रम नेपाली समाजका डि जे तथा सदस्य लक्ष्मण भण्डारी ,सास्कृतिक सम्योजक कल्पना गुरुङले सन्चालन गर्नुभएको थियो भने रास्टृय कलाकार कला लम्सालले पुरै मिड्ल्याण्ड वाशी आम जनसमुदायलाई आफ्नो दमदार प्रस्तुति दिएर मन्त्रमुग्ध बनाएका थिए ।
त्यसैगरी नोटिघमका कलाकारहरु विभिन्न किसिम गीतहरुमा नृत्य प्रस्तुती गरेका थिए भने देउसी भैलो गित नेपाली बाजाको तालमा सबै हल गुन्जायमान भएको थियो ।।विभिन्न नेपाली भेशभुशामा सिगारिएका कलाकारहरु र आम जनसमुदायको सहभागिता देख्दा स्वर्गका परिहरु नोटिघम मै रमाएको जस्तो भान हुन्थ्यो ।
गैर आवाशिय नेपाली संघ युकेका अध्यक्ष योग कुमार फगामीको आगमनमा नोटिघम नेपाली समाजका भुतपुर्व उपाध्यक्ष कृष्ण खरेलको सम्योजनमा नौमती बाजा नोटिघमको टिमले हर्ष बढाइ गर्दै मिड्ल्याण्डका सम्पुर्ण सामाजिक अभियन्ताहरु संगै स सम्मान सभाहलमा पुर्याएको थियो। नोटिघम नेपाली समाजका प्रमुख अतिथी योग कुमार फगामीलाई पहिलोपटक मिड्ल्याण्डको नोटिघममा सम्मान गर्न पाउँदा सारा नोटिघम श्रद्धाले झुमेको थियो ।
सम्पूर्ण समाजसेवीहरुले सबैको उत्तरोत्तर प्रगतीको कामनाको साथ शुभकामना सन्देस दिइरहेका थिए भने एनआरएन युके का अध्यक्ष योग कुमार फगामीले आफुले र आफ्नो टिमले राज्य समन्वय समितीको अवधारणालाई प्राक्टिकल्ली टुङ्गोमा पुर्याएको,नागरिकता निरन्तरताको लागि पहल गरेको ,एनआरएनलाई सम्पूर्ण युके वाशी जनताको घर दैलोमा पुर्याउन कटिबद्ध रहेको र आगामी दिनहरुमा मिड्ल्याण्ड वाशी जनताहरुलाई मध्यनजर गर्दै सोमबारको दिन पनि महत्त्वपूर्ण कार्यक्रम राख्न तथा मिड्ल्याण्डमा पनि कार्यक्रमहरु तर्जुमा गर्ने प्रतिबद्धता जाहेर गरेका थिए।
उनले बेलायतका लागि नेपाली महामुहिम राजदुत डा. दुर्गा बहादुर सुवेदीले आफ्नो कार्यब्यस्तताको कारण उपस्थित हुन नसकेको र सम्पुर्ण नोटिघम वाशी नेपालीहरुलाई शुभकामना सन्देस दिनुभएको छ भनी जानकारी पनि गराउनु भयो।
नेपाली समाज नोटिघमको सम्पुर्ण ब्यवस्थापन समाजको कार्यसमितिले गरेको थियो भने खानाको परिकार समाजका भुतपुर्व अध्यक्ष तारानाथ भण्डारीको सम्योजनमा सस्थापक अध्यक्ष रण बहादुर के सि, निबर्तमान अध्यक्ष प्रविन पाण्डे सदस्यहरु मुकुन्दहरी खरेल, रामजी साप्कोटा, राम प्रसाद साप्कोटा, गणेश साप्कोटा,ले एवरेस्ट भान्साघर रेस्टुरेन्टमा बनाएका थिए ।






