गोरखा- पालुङटार नगरपालिकाको लिगलिगकोटमा आइतबार भएको नवौ लिगलिगे म्याराथुन दौड प्रतियोगिताको उपाधी पर्वतका अनिश थापाले जितेका छन् ।
चेपेघाटदेखि लिगलिगकोट दरबारसम्मको १३.८ किमी दूरी ५८ मिनेट २५ सेकेन्डमा पार गर्दै थापाले उपाधी हात पारेका हुन् ।
थापालाई पुरस्कार स्वरुप नगद ६० हजार रुपैयाँको साथमा श्रीपेच, पगरी, ट्रफी र लिगलिगकोट दूतको व्याच प्रदान गरिएको आयोजक लिगलिग कोट विकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाले बताए ।
उपाधि विजेता थापालाई आजको रात लिगलिगमा लिगलिगे राजाको रुपमा राखिने र मोटरमा चढाएर नगर परिक्रमा गराइने उनले जानकारी दिए ।
प्रतियोगितामा वाग्लुङका तीर्थ पुन दोस्रो भएका छन् । उनले निर्धारित दूरी ५८ मिनेट ४० सेकेण्डमा पार गरेका थिए । निर्धारित दूरी ५९ मिनेट २१ सेकेण्डमा पार गर्दै नेपाली सेनाका रामजी बस्नेत तेस्रो भएका छन् ।






