काँग्रेस बैठकमा पौडेलले दिए देउवालाई यस्तो चेतावनी

g]kfnL sfFu|]; ;+;bLo bnsf] sfof{no l;+xb/af/df d+unaf/ ;fFem a;]sf] s]Gb|Lo sfof{nosf kbflwsf/Lx?sf] a}7skl5 ;~rf/sdL{x?;Fu ;+lIfKt s'/fsfgL ub}{ jl/i7 g]tf /fdrGb| kf}8]n . tl:a/ M /Tg >]i7, /f;; .

काठमाडौं– काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई पार्टीको विधान विपरित नचल्न चेतावनी दिएका छन् । पार्टी पदाधिकारी तत्काल मनोनयन गरेर अघि बढने सभापति देउवाले तयारी गरिरहेका बेला वरिष्ठ नेता पौडेलले त्यसो गर्नु विधान विपरित हुने भन्दै आपत्ति जनाएका हुन् ।

पार्टी केन्द्रीय कार्य समितिको शुक्रबारको बैठकमा बोल्दै नेता पौडेले विधानसम्मत ढंगले अघि बढेमात्रै पार्टीभित्र बलियो एकता हुने धारणा राखेको पनि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । नेता पौडेलले सभापति देउवाले पार्टीलाई न्याय, निष्पक्ष र पारदर्शी ढंगले अघि नबढाएकै कारण निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको आरोप पनि लगाए ।

पार्टी सुदृढ बनाउन अनुशासनको पालनामा विशेष जोड दिनुपर्ने पौडेलको धारणा रहेको प्रवक्ता शर्माले जनाए । पौडेलले निर्वाचनमा अन्तरघात गर्नेहरुलाई छानविन गरी कार्वाही गर्न ढिलाई भएको भन्दै सभापति देउवाको गम्भिर ध्यानाकर्षण गराएका थिए । सभापति देउवाले पार्टी भित्रको अन्तरघातका कारण पार्टीले प्रतिनिधिसभामा २० सिट गुमाउनु परेको दावी गर्दै आएका छन् ।

बैठकमा नेता विजयकुमार गच्छदारले पार्टीलाई एकताबद्ध बनाएर लैजान आह्वान गरेका थिए । उनले पार्टी एकता गर्ने बेला भएको सहमति कार्यान्वयन गर्न आग्रह गरेको नेताहरुले बताएका छन् ।