लण्डन, १४ असार । विश्वप्रसिद्ध लन्डनको रोयल अल्बर्ट हलमा पहिलो पटक नेपाली गीत संगीत गुन्जिएको छ । भूकम्प पीडितहरुको सहयोगार्थ नेपाली वरिष्ठ कलाकारहरुले आइतबार सांझ त्यहां नेपाली गीत संगीत प्रस्तुत गरेका हुन् । नेपाली सांगीतिक जगतका चर्चित व्यक्तित्वहरु दीप श्रेष्ठ, ओमविक्रम विष्ट, दिपक थापा मगर, जेम्स प्रधान, सुजील कर्माचार्य, तुष्णा गुरुङ र वाद्यवादकसहितको १७ सदस्यीय टोलीले कन्सर्ट ग-र्यो ।
कन्सर्ट हेर्न बेलायतका कुना कुना र युरोपबाट समेत नेपाली दर्शक आएका थिए । हजारौं सहभागी कार्यक्रममा नेपाली क्रिकेट टोलीका सबै सदस्यहरु समेत सहभागी भए । कन्सर्टमा खर्च कटाएर बांकी रहेको रकम गोरखाका भूकम्प पीडितहरुका लागि प्रदान गरिने आयोजक हेल्प नेपाल नेटवर्क यूके पदाधिकारी एवं कार्यक्रम संयोजक प्रसिद्ध प्रधानले जनाए ।








![11667110_10204495865105493_1010484863_n[1]](http://londonnepalnews.com/wp-content/uploads/2015/06/11667110_10204495865105493_1010484863_n1.jpg)