हेलिकोप्टर दुर्घटनामा महामन्त्री कोइराला बाल बाल बचे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला चढेको हेलिकप्टलाई आकस्मिक अवतरण गरिएको छ । खोटाङबाट काठमाडौंका लागि आउँदै गरेको प्रभु एयरको हेलिकप्टर मौसम खराब भएका कारण रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा अवतरण भएको जिल्ला प्रहरी कार्यालय रामेछापको प्रमुख डिएसपी सन्तोषकुमार भट्टराईले जानकारी दिए ।

महामन्त्री डा.कोइराला सवार हेलिकप्टर शुक्रबार अपरान्ह मन्थलीमा अवतरण गरेको थियो । शुक्रबार साँझ मन्थलीमा पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्नुका साथै मन्थलीमै डा. कोइराला बसेका थिए । बिहीबार बिहान खोटाङबाट चढेर आएको हेलिकप्टरमा खरावी आएपछि अर्को हेलिकप्टर मगाएर काठमाडौं प्रस्थान गरेका हुन् ।

‘मौसम खराब थियो । पानी पनि परेको थियो’, भट्टराईले भने, ‘मन्थली विमानस्थलमा हेलिकप्टर ल्याण्ड भयो । बिहीबार बिहान ९ बजे उहाँहरू सकुशल अर्को हेलिकप्टरबाट काठमाडौं प्रस्थान गर्नुभएको छ ।’ नेपाली कांग्रेस पार्टीले संचालन गरेको दोश्रो चरणको राष्ट्रिय जागरण अभियान समापन गर्न खोटाङको हलेसी पुगेका महामन्त्री डा. सशांक कोइरालाको काठमाडौं फिर्ति निकै सकसपूर्ण बनको छ ।

हेलिकप्टरमा महामन्त्री डा.कोइरालासहित केन्द्रीय सदस्य चन्द्र भण्डारी, नवलपरासी जिल्ला सभापति भरत गुरुङ र नेतृ हीरा गुरुङ रहेका थिए । उनीहरूलाई लिएर बुधबार दिउँसो २:३० बजे दिक्तेलबाट काठमाडौंका उडेको हेलिकप्टर प्रतिककुल मौसमका कारण दुई स्थानमा आकस्मिक अवतरण गरेर साँझपख रामेछाप विमानस्थलमा अवतरण गर्नु परेको थियो ।

बुधबार दिउँसो काठमाडौंका लागि उडेको प्रभु एयरको ९–एन–एएलयू कलसाईनको हेलिकप्टरमा सवार महामन्त्रीसहितका ४ जना नेताहरूले कहाली लाग्दो यात्रा पार गरेर साँझ रामेछाप विमानस्थलमा अवतरण गरेका थिए । बिहीबार बिहान मन्थलीमा पत्रकार सम्मेलन गरेर महामन्त्ती डा.कोइरालाले बालबाल बाँचेर मन्थली आइपुगेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *