रौतहट, ६ माघ – दाइजोमा साइकल नदिएको भन्दै श्रीमतीको हत्या गर्ने रौतहटका एक व्यक्ति पक्राउ परेका छन् । श्रीमतीको हत्या गरी गएको दुई वर्ष देखि फरार रहेका रंगपुर–५ का चन्द्रशेखर ठाकुरलाई सर्लाहीको मधुवनगोटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ठाकुरलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटलाई बुझाएको सर्लाही प्रहरीले जनाएको छ । ठाकुरले दाइजोमा साइकल नल्याएको भन्दै २०६९ साल मंसिर १९ गते श्रीमती रिंकु देवी ठाकुरको हत्या गरेका थिए ।






