नयाँ बर्ष मनाउने क्रममा ३५ को मृत्यु

चीनमा अंग्रेजी नयाँ वर्ष मनाउने क्रममा भिडाम्भिडमा परेर ३५ जनाको मृत्यु भएको छ । नदी किनारामा नयाँ वर्ष मनाउन मानिसहरु जम्मा भएको स्थानमा भीडमै च्यापिएर अरु ४२ जना गम्भीर घाइते भएका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार यो दुर्घटना सांघाईको हुआग्पूू जिल्लाको चेन्यी स्क्वाएरमा भएको हो । घटनाको कारण खुल्न नसकेको प्रहरी प्रशासनले जनाएको छ ।