कांग्रेस महामन्त्री खड्कासँग कुल आचार्यको कुवेतमा भेट

कुवेत सिटी । गैरआवासीय नेपाली संघ (एनआरएनए) उपाध्यक्ष तथा अध्यक्ष पदमा उम्मेदवार दिने घोषणा गरेका कुल आचार्यको भेट नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कासँग कुवेतमा भएको छ । उनीहरु दुवैको भेटको संयोग कांग्रेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समितिको अधिवेशनले जुराइदिएको हो ।

महामन्त्री खड्का काठमाडौंबाट कुवेत प्रस्थान गरिसकेका छन् भने आचार्य बुधबार नै लन्डनबाट कुवेत पुगेर भेटघाटलाई तीब्र बनाएका छन् । जनसम्पर्क समिति कुवेतको असोज १० गते नयाँ नेतृत्वका लागि अधिवेशन हुँदै छ । कुवेतमा रहँदा महामन्त्री खड्काले त्यहाँ रहेका नेपाली श्रमिकका साथै नेपाली कांग्रेसका शुभेच्छुकहरूसँग भेटघाट गर्नेछन् ।

एनआरएन अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेपछि आचार्य विश्व भ्रमणमा निस्केका छन् । यतिबेला मध्यपूर्वका एनआरएन पदाधिकारीसँग भेटघाटमा व्यस्त रहेका आचार्य कतार हुँदै नेपाल आउने कार्यक्रम छ । नेपाल आएपछि आचार्यले आफ्नो उम्मेदवारीबारे नेपाली सञ्चारमाध्यमलाई जानकारी गराउने कार्यक्रम रहेको आचार्य निकटहरुले लन्डन नेपाल न्यूज डट कमलाई जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *