बेलायतमा प्रदर्शन हुदै सन्नी लियोन अभिनित नेपाली चलचित्र पासवर्ड

लन्डन । पूर्व पोर्नस्टार सन्नी लियोन अभिनित नेपाली चलचित्र पासवर्ड बेलायतमा प्रदर्शन हुँदैछ । चलचित्र पासवर्ट बेलायतको विभिन्न स्थानमा २७ सेप्टेम्बर शुक्रबारबाट प्रदर्शन हुने चलचित्रका नायक विक्रम जोशीले जानकारी दिए । नायक जोशीले दिएको जानकारीअनुसार एसफोर्ड, एनफिल्ड र फेल्थममा चलचित्र प्रदर्शन गर्न लागिएको हो ।

एसफोर्डमा शुक्रबार, शनिबार र आईतबार ७ : २० मा एक शो मात्र प्रदर्शन हुनेछ भने एनफिल्डमा साताभरि नै ८ वटा शो प्रदर्शन हुनेछ । यस्तै फेल्थममा साताभरि नै तीन शोक प्रदर्शन हुने जानकारी नायक जोशीले दिए । यस्तै ग्रिनविच र विम्वलीमा पनि चलचित्र पासवर्ड प्रदर्शन हुनेछ ।

उक्त चलचित्र नेपालमा गत भदौ २७ गते नै रिलिज भएको थियो । नेपाली चलचित्रको इतिहासमा सर्वाधिक लगानी रहेको चलचित्र पासवर्डको निर्देशन सम्राट बस्नेतले गरेका हुन् । हिरल जोशी र अमित बस्नेतले निर्माण गरेको उक्त चलचित्रमा भारतीय मूलकी क्यानेडियन पूर्वपोर्नस्टार तथा हिन्दी फिल्मकी नायिका सन्नी लियोनीले आइटम डान्स गरेकी छन् ।

नायक विक्रम जोशी जसले ह्याप्पी डेज तथा हेल्लो जिन्दगी नामक दुई नेपाली चलचित्रमा स्वभाविक अभिनय गरेर सबैको मन जितिसकेका छन् । पासवर्ड हेर्नेहरुले नायक जोशीको व्यापक तारिफ गर्ने गरेको पाइन्छ ।

चलचित्र पासवर्डको ‘आजको साम बोलको गीत’को कोरियोग्राफी बलिउड कोरियोग्राफर बिष्णु देभाले गरेका हुन् । विक्रम जोशीको शब्द, अर्जुन पोखरेलको संगीत रहेको यस गीतमा दुर्गा खरेलको स्वर छ । गीत लन्डनमा छायाँकन गरिएको हो । विक्रम जोशी (विक्की), अनुपविक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रान्त बस्नेत, रविन्द्र झा, सनमकुमार बैराग, प्रविण खतिवडा, लिशा सुनार, परी रानालगायतले चलचित्रमा अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *