सिड्नीमा पहिलो पटक श्रीमद् भागवत सप्ताह सुरु, जगत गुरु महाराजबाट उद्घाटन

तक्दीर अधिकारी

सिड्नी । नेपाली हिन्दू समाज अस्ट्रेलियाको आयोजनामा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सोमबारबाट सुरु भएको छ । उक्त ज्ञान महायज्ञको जगत् गुरु श्री १००८ महायोगी वैष्णव डा. श्री कृष्णदासजी महाराजले पानसमा दिप प्रज्वलन गरेर विधिवत् उद्घाटन गर्नुभएको थियो ।

महाराजद्वारा कार्यक्रम उद्घाटनका क्रममा पण्डितहरुद्वारा सोस्ती वाचन गरिएको थियो । महाराज कृष्णदासजीले भन्नुभयो, ‘अस्ट्रेलियाका हिन्दूहरुले आध्यात्मिक ज्ञानको खोजीबाट मानव जीवनमा सुख प्राप्त हुन्छ, यो आधुनिक व्यस्त जीवनलाई आध्यात्मिक ज्ञानको खोजीले मात्र व्यक्ति, समाज र राष्ट्रलाई सुखी बनाउन सकिन्छ ।’

समाजका अध्यक्ष प्रचना शर्माले सभापतित्व गरेको उद्घाटन कार्यक्रम  अघि शोभा कलश यात्रा निकालिएको थियो । भागवत ज्ञान महायज्ञ रिजन्टपार्क साइ टेम्पल सिड्नीमा पण्डित कुँवेर सुवेदीले भागवत वाचन गर्नुहुनेछ । अस्ट्रेलियामा आयोजना भएको यो पहिलो कार्यक्रम हो । कार्यक्रम जुलाई ८–१४ सम्म सञ्चालन हुनेछ ।

उक्त महायज्ञमा नेपाली समुदायको बाक्लो उपस्थिति थियो । जन्म भूमिभन्दा टाढा बसोबास गरे पनि नेपाली समुदाय आफ्नो संस्कार र संस्कृतिबाट टाढा हुन सक्दैन भन्ने सन्देश दिन समाजले श्रीमद् भागवत सप्ताह आयोजना गरेको उद्घाटन सत्रमा बताइयो ।

ॐकार ध्वनीका मुकुन्द शर्मा ले कार्यक्रम आकर्सक शैलीमा उध्घोशन् गरेका थिए । अस्ट्रेलियाका लागि नेपाली वाणिज्यदूत दीपक खड्का, प्रदेश ३ की सांसद गीता वाग्ले, समाजसेवी इन्द्रा वन, गैरआवासीय नेपाली संघ उपसभापति तथा न्यू साउथ वेल्स राज्यपरिषद्का निवर्तमान संयोजक नन्दु गुरुङ, नवनिर्वाचित संयोजक देव गुरुङ, एनआरएन पूर्वप्रवक्ता रञ्जु वाग्लेलगायतको कार्यक्रममा उपस्थिति थियो ।

साँझ ६ बजेबाट ९ बजेसम्म कथा वाचन, जगत् गुरुबाट मंगलबारदेखि शुक्रबारसम्म बिहान ८ बजेदेखि सिद्ध योग गरिने र अन्तिम दिन १४ तारिख शनिबार सामूहिक ब्रतबन्द र  गुन्युचोली दिने कार्यक्रम रहेको  सम्योजक पन्डित प्रकाश ढोडारीले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *