लन्डन। लण्डनको पटनीमा पहिलो पटक खान -पिन सहितको होली काउ रेस्टुराँ निर्माण गरेर सञ्चालनमा ल्याइएको छ ।बेलायतस्थित एक सफल व्यवसायी तथा गैर आवासीय नेपाली संघका निवर्तमान केन्द्रिय उपाध्यक्ष कुल आचार्यले दक्षिण पश्चिम लन्डनको पटनीमा आफ्नो नयां रेस्टुराँ संचालनमा ल्याएका छन् । बेलायतमा होली काउ समूहको यो नवौं तथा सिट इन रेस्टुराँ भने पहिलो हो। यस अघि संचालनमा रहेका अरु सबै टेक अवे हुन् ।
सोमबार बेलुका बीबीसीका भूतपूर्व कार्यक्रम प्रस्तोता तथा सेलीब्रिटी सेफ एन्स्ले ह्यारियटले उक्त रेस्टुराँको उद्घाटन गरे। । सो अवसरमा बोल्दै ह्यारियटले गएको झन्डै २० वर्ष देखि आफुले आचार्यलाइ चिनेको बताए।
उनले खास गरी नया पुस्ताले कडा मेहनत र लक्षप्रति समर्पित भएमा कसरि सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुरा आचार्यबाट सिक्नु पर्ने बताए। उद्घाटन समारोहलाइ सम्बोधन गर्दै होली काउ समूहका निर्देशक कुल आचार्यले २० वर्ष पहिले बेलायत आए पछि आफुले किचन पोर्टर, तन्दुरी सेफ, सेफ हुंदै २००६ मा होली काउ नाम राखी पहिलो टेक अवे खोलेको सम्झना गरे। आचार्यले आफ्ना सबै ग्राहकहरु, सप्लायरहरु, सहयोगीहरु, स्टाफ तथा परिवारजनलाई पनि धन्यवाद दिए।
उनले आउंदो वर्ष नेपाल सरकारले भिजिट नेपाल इएर २०२० मनाउन लागेको बताउँदै सबै ब्रिटिश मित्रहरुलाई नेपालको भ्रमण गर्न आग्रह पनि गरे। कार्यक्रममा स्थानीय ब्रिटिश समुदायका प्रतिनिधिहरु, व्यवसायी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो। कार्यक्रमको शुरुमा आचार्यकी सुपुत्री कृतिका आचार्यले नृत्य प्रश्तुत गरेकी थिइन। कार्यक्रमको संचालन होली काउ समूहकी पायल मिश्रले गरेकी थिइन् ।








