सिड्नीमा कवि एवम् गीतकार दिनेश अधिकारीको एकल कविता वाचन

तक्दीर अधिकारी
सिड्नी । कवि एवम् गीतकार दिनेश अधिकारीलाई सिड्नीवासीले अब प्रत्यक्ष सुन्न पाउने भएका छन् । ‘यो सम्झने मन छ, म बिर्सियौं कसरी’ जस्ता कायजी गीतका रचनाकार दिनेश अधिकारी आउँदो डिसेम्बर १५ मा गुञ्जने भएका छन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्लु अष्ट्रेलियाको आयोजनामा सिड्नीमा आयोजना गरेको एकल कविता वाचन कार्यक्रममा कवि एवम् गीतकार अधिकारी प्रस्तुत हुने भएका छन् ।

एभरेष्ट तन्दुरी फङसन सेन्टर रकडेलमा आयोजना हुने उक्त कार्यक्रममा कवि एवम् गीतकार दिनेश अधिकारीको ‘एकल कविता वाचन’ कार्यक्रममा सम्पूर्ण साहित्य अनुरागी महानुभावहरुमा सहभागिताका लागि आयोजकले अनुरोध गरेका छन् ।

आयोजकका अनुसार कार्यक्रम १५ डिसेम्बर आइतबारका दिन दिउँसो साढे १२ बजेबाट सुरु हुनेछ ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्सका अध्यक्ष महेश्वर शर्माले  गीतकार अधिकारीलाई सिड्नीवासीले प्रत्यक्ष सुन्न पाउनेसुबर्ण अबसर भएकोले सबै नेपाली समुदायलाइ सहभागिहुन अनुरोध गरेका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *