हेमराज बीसीको निर्देशनमा तयार भएको चलचित्र ‘ग्याङस्टार ब्लूज’को टिजर रिलिज गरिएको छ । भदौ २ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको टिजरमा सबै कलाकारको गेटअप सार्वजनिक गरिएको छ ।
चलचित्रको लीड भूमिकामा नव-नायक आशिरमान देसराज जोशी देखिएका छन् । उनको एक्सन अवतारले दर्शकको ध्यान तान्न सक्छ । चलचित्रमा उनको साथमा आना शर्मा, संयम पुरी, रोजिशा शाही ठकुरीको मुख्य भूमिका छ । साथमा, टिजरमा आशिरमान र आनाको प्रेमलाई पनि प्रस्तुत गरिएको छ ।






