टेलिग्राफले फिल्मका सहायक निर्माता राज सिटौलालाई उद्धृत गर्दै सिक्किमबाट अन्य पाँच कलाकार पनि छानिएको लेखेको छ। फेव्रुअरी पहिलो सातादेखि फिल्मका लागि कार्यशाला सुरु हुँदैछ । सन् २००२ मा खसेको पहिरोमा बुवा र दिदीलाई गुमाएपछि उनकी आमाले उनलाई हुर्काएकी थिइन् ।
रणवीर कपुर र दिपिका पादुकोणको फ्यान रहेकी मञ्जु सिक्किम मणिपाल विश्वविद्यालयबाट एमबीए ग्र्याजुयट हुन्। फिल्ममा राजनीतिक अस्थिरताका कारण परिवारबाट अलग भएका दुई बालबालिकको कथा रहनेछ। प्रियंका चोपडा भने अहिले हलिउडको फिल्मको क्वान्टिकोमा व्यस्त छिन्। प्रियंकाले स्तानिय प्रतिभालाई स्थान दिन क्षेत्रिय भाषामा फिल्म निर्माण गरिरहेकी छन्। यही योजना अन्तरगत उनले नेपाली भाषामा फिल्म बनाउन लागेकी हुन्।






