क्षेत्री समाज बेलायतको च्यारिटीबाट संकलित १२ हजार पौण्ड आपतका बेला खर्चने (भिडियो सहित )

लन्डन । क्षेत्री समाज बेलायतले एक च्यारिटी डिनर कार्यक्रम अल्डरसटमा भब्य रुपमा सम्पन्न गरेको छ ।

क्षेत्री समाज बेलायतले गत शनिबार १४ जनवरीका दिन अल्डरसटस्थित एम्पायर हलमा आपतकालीन राहतकोषका लागि एक च्यारिटी डिनर कार्यक्रम गरेको हो ।fin

उक्त कार्यक्रमबाट झन्डै १२ हजार पाउण्ड संकलन भएको कार्यक्रम संयोजक प्रतिमा केसीले जनाइन् । उक्त कार्यक्रम बेलायतका लागी नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले पानसमा बत्ति बालेर उट्घाटन गरेका थिए । सोही समारोहमा राजदूत डा. सुवेदी र उनकी धर्मपत्नी पुनम राज्यलक्ष्मी सुवेदीलाई क्षेत्री समाज बेलायतका प्रमुख संरक्षक ध्रुव केसी, अध्यक्ष धन बहादुर कुंवर, कार्यक्रम संयोजक प्रतिमा केसी र पन्चकन्याहरुले दोसल्ला, प्रमाणपत्र, फूलको गुच्छा र ढाकाको पछ्यौरी ओढाएर स्वागत गरे ।ja

कार्यक्रममा राजदूत सुवेदीले आफू र धर्मपत्नीलाई समाजले सम्मानका साथ स्वागत गरेकोमा विशेष धन्यवाद दिए । मन्तव्यका क्रममा उनले नेपाल विभिन्न जात र भाषाभाषीको सुन्दर फुलवारी रहेको जनाउंदै आफ्नो सबै जातजातीप्रति उत्तिकै सम्मान रहेको बताए । ‘हिमाल पहाड तराई कोही छैन् पराइ’, उनले भने, ‘म यहां क्षेत्री मात्र नभएर नेपालको दूतका रुपमा उपस्थित भएको छु ।’ch1

कार्यक्रममा सम्पूर्ण संघसंस्थाका तर्फबाट आफ्नो मन्तव्य राख्दै गैर आवासीय नेपाली संघ युरोपका संयोजक कुल आचार्यले समाजको कामबाट आफू निकै प्रभावित भएको र यसबाट संकलित रकम मानवकल्याणमा प्रयोग हुने विश्वास व्यक्त गरे । मन्तव्यका क्रममा समाजका प्रमुख संरक्षक ध्रुव केसीले सुन्दा जातीय जस्तो भएपनि क्षेत्री समाजले मानिस ठूलो दिलले हुन्छ जातले हुंदैन भन्ने मूल मर्मका साथ काम गरिरहेको बताए ।

संचारकर्मीहरु को बाक्लो उपस्थिति रहेको उक्त कर्यक्रममा एन आर एन युरोप संयोजक कुल आचार्य

ga

समाजका महासचिव राजन क्षेत्री र सचिव कुमार केसीले संयुक्त रुपमा संचालन गरेको उक्त कार्यक्रममा समाजका उपाध्यक्ष टेक बहादुर जिसीले स्वागत मन्तव्य र कार्यक्रम संयोजक प्रतिमा केसीले धन्यवाद मन्तव्य दिएका थिए । समाजका अध्यक्ष धन बहादुर कुंवरले आपतकालीन राहतकोषको औचित्य र वर्तमान अवस्थाबारे चर्चा गर्दै पहिलो चरणको कार्यक्रम समापन गरेका थिए ।rm

उक्त अवसरमा समाजका सल्लाहकार रामशरण सिम्खडा र सञ्चार संयोजक नरेन्द्र बस्नेतले राजदूतको संक्षिप्त जीवनी प्रस्तुत गरेका थिए । पहिलो चरणमा औपचारिक र दोस्रो चरणमा मनोरन्जनात्मक प्रस्तुति भएको थियो ।

कार्यक्रममा बेलायती संसद हाउस अफ कमन्सका सदस्य सांसद वीरेन्द्र शर्मा, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिका सल्लाहकार विश्वआदर्श पण्डित, गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष मुछेत्र गुरुङ, संयुक्त राष्ट्रसंघकी प्रतिनिधि बन्दना राणा, गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष राम गलामी, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगी मगर लगायत पत्रकार, बुद्धिजिवी, व्यवसायी, बेलायतका उच्च पदस्थ सैनिक अधिकृतहरु सहित करिब चार सय सहभागी भएको सचिव कुमार केसीले जानकारी दिए ।ba

निकै व्यवस्थित रुपमा सम्पन्न उक्त च्यारिटी डिनर कार्यक्रममा सहभागी तथा अतिथिहरुलाई प्रवेशद्वारमा पुष्प गुच्छाले स्वागत गरिएको थियो । वेलकम ड्रिंक्ससहित सबै सौजन्यदाताहरुको नाम र फोटो प्रोजेक्टर र हरेक सहभागीको टेबुलमा नाम डिस्प्ले हुंदा च्यारिटी डिनर आकर्षक थियो ।

कार्यक्रममा सयपत्री सांस्कृतिक समूहको सालैजो र कौडा नाचमा सबै सहभागी तथा अतिथिहरु छमछम नाचेका देखिन्थे । कार्यक्रममा समाजका स्थानीय कलाकारहरु दिपक थापा, बिनी खनाल, रमा बानिया, पाउल गुरुङ तथा सेविका जिसी लगायत कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । सांस्कृतिक कार्यक्रम समाजकी सांस्कृतिक सचिव सुनिता गौतम थापाले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा 
राजदूत दम्पति समेत मज्जाले नाचे ।ga1