देवीका र यामलाई पारिको सँगिले तीजमा नाच्न बोलाएपछि (भिडियो)

लण्डन । लोक दोहोरी गायिका देवीका के . सि को पछिल्लो तीज गित “पारीको सँगिले” सार्वजनिक भएको छ । संगीत क्षेत्रका अब्बल दुई श्रष्टा देविका केसी र याम क्षेत्रिको स्वरमा सजिएको यो गीतलाई दर्शकले निकै मन पराएका छन् ।

नेपाली सांगीतिक क्षत्रमा छुट्टै पहिचान बनाएर सदाबहार चलिरहने लोकदोहोरी चर्चित गायिका देवीका के . सि यस पटक भने हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा गायिका के .सि तीज गीतमा ब्यस्त देखिएकी छीन् ।

उक्त गीतमा सुमधुर आवाजका धनि गायिका देवीका के . सि र गायक याम क्षेत्रिको आवाज रहेको छ भने शक्ती क्षेत्रिले शब्द/ लय भरेका छन् ।
राजेश घिमिरेको छायाँकन रहेको गीतको सम्पादन नबिन घर्ति मगरले गरेका छन् । म्युजिक भिडियोलाई शंकर बि. सि .ले निर्देशन गरेका हुन ।