निर्मात्री तथा अभिनेत्री रेखा थापा को नयाँ गीत सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा स्वर थानेश्वर गौतम र माण्डवी त्रिपाठीको छ भने संगीत पनि गौतमले नै भरेका छन् । ‘छम छम पाउजुहरु’ बोलको गीत हेर्दा आकर्षक लाग्छ । गीतमा कोरियोग्राफी राम्जी लामिछानेको छ । रेखासँगै आश्मा डिसी, आभाष अधिकारी र सविन श्रेष्ठ लिड रोलमा रहेको
फिल्मले महिला टेम्पो ड्राईभरको कथा बोल्छ ।फिल्ममा रेखा दोहोरो भूमिकामा रहेकी छिन्। रेकाले फिल्मलाई नारी प्रधान फिल्म बताउँदै आएकी छन्। सबिर श्रेष्ठको निर्देशन रहेको फिल्म चैत २६ गते रिलिज हुनेछ।







