नेपाल फेस्टिबल सिड्नी-२०२२ मा आउने अतिथिहरुलाई स्वागत गर्न आतुर छु : देव गुरुङ

सिड्नी । एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङले नेपाल फेस्टिबल सिड्नीमा आउने अतिथिहरुको स्वागतका लागि आफु र आफ्नो टिम आतुर रहेको बताएका छन् ।

आगामी नोभेम्बर १९ शनिवार सिड्नीको बरुडपार्कमा नेपाल फेस्टिबल सिड्नी २०२२ हुँदैछ । फेस्टिबलको सयोंजक समेत रहेका गुरुङकै नेतृत्वमा अहिले फेस्टिबलको तैयारीको सम्पूर्ण कामहरु अन्तिम चरणमा पुगेका छन् ।

“नेपाल फेस्टिबल सिड्नी २०२२ को तैयारी अन्तिम चरणमा पुगेको छ, गुरुङले लण्डन नेपाल न्यूजसगंको कुराकानीमा भने एनआरएनएका राज्य सयोंजक र सहकर्मी साथै अतिथिहरुलाई स्वागत गर्न म र मेरो टिम आतुर छौँ ।”

एनआरएनए न्यू साउथ वेल्स राज्य परिषदले आयोजना गरेको नेपाल फेस्टिबल सिड्नीको २०२२ को अहिलेसम्म विभिन्न चरणका तैयारीका कामहरु सक्काएर अहिले अन्तिम चरणमा पुगेको छ । शुक्रबार बेलुकी २ बजे अन्तिम पत्रकार सम्मेलन र बेलुकी ६ बजे गाला डिनर समेत सम्पन्न भएको छ ।

नेपालीहरुको साझा मेला भएकाले सम्पूर्णलाई उपस्थित हुन समेत उनले सबैलाई अनुरोध गरेका छन् । “फेस्टिबलले नेपाललाई अस्ट्रेलियामा समेत झल्काएको छ, यसले हाम्रा मौलिक कला संस्कृतिको प्रवद्र्धन र अस्ट्रेलियामा जन्मिएका हाम्रा नयाँ पुस्तालाई समेत पहिचान गराउँछ-गुरुङले भने ।”

नेपाल फेस्टिबल सिगों नेपालीले गर्व गर्न लायक मेला र पर्व नै बनेको उनको भनाई छ । अध्यक्ष गुरुङका अनुसार बिहान ११ बजेदेखि १२ः३० बजेसम्म परेड, १२ः३० बजेदेखि १ः३० बजेसम्म सांस्कृतिक प्रदर्शन, १ः३० बजेदेखि ३ः३० बजेसम्म औपचारिक कार्यक्रम, ३ः३० बजेदेखि ५ बजेसम्म सांस्कृतिक प्रदर्शन, बेलुकी ५ बजेदेखि ८ बजेसम्म कलाकारहरुको प्रस्तुती रहने छ ।