ओएनएफ साउथ अष्ट्रेलियाको अध्यक्षमा युवराज पहाडी चयन

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) साउथ अष्ट्रेलियाको अध्यक्षमा युवराज पहाडी चयन भएका छन् । मञ्चको बैठकले पहाडीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

नवगठित समितिको सचिवमा सन्तोष गौतम चयन भएका छन् । मञ्चको अगस्ट २७-२८ सिड्नीमा सम्पन्न पाचौ राष्ट्रिय अधिवेशनमा तत्कालीन अध्यक्ष हेम खनाल सहसचिवमा निर्वाचित भएपछि अध्यक्ष पद रिक्त भएको थियो ।

मञ्चका ओशियाना अध्यक्ष राजु उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले दिपावलीको अवसर पारेर अक्टोवर २६ मा देउसी भैली खेल्ने र जनवरी १ मा अन्तर्राष्ट्रिय टोपी दिवसको उपल्यक्षमा टोपी दिवस मनाउने निणर्य समेत गरेको नव नियुक्त सचिव गौतमले जानकारी दिए ।

त्यसै गरि बैठकले संस्थाको पव्लिक रिलेशन अफिसरमा सचिव गौतमलाई तोक्ने समेत निणर्य गरेको छ । नव नियुक्त अध्यक्ष पहाडीले साउथ अष्ट्रेलियामा रहेका नेपाली समुदाय र समय समयमा मातृभूमिमा समस्या सकेसम्म सहयोग गर्ने बताए ।

उनले ओएनएफ साउथ अष्ट्रेलियाको ब्रान्ड कार्यक्रमका रुपमा समेत बुझिएको टोपी दिवसमा विशेष रुपमा मनाउने बताए ।