सिड्नी । अन्तर्राष्ट्रिय आदिवासी दिवस नेपाल आदिवासी जनजाति महासंघ (निम्फा )अस्ट्रेलियाले विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाएको छ । १० अगष्ट पिटरसम हलमा बेलुकी ५ बजेदेखि जनजातिका जातिगत विभिन्न प्रस्तुती सगैं अन्य विभिन्न कार्यक्रमका साथ दिवस मनाईएको हो ।
निम्फाकि उपाध्यक्ष शशी सुब्बाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अध्यक्ष लक्ष्मण गुरुङले जनजाति महासंघले सबैले संयुक्त रुपमा आवाज उठाउने काम गरिरहेको बताए । उनले संसारभर रहेका जनजातिहरुका हक अधिकार स्थापित गर्न अग्रसर रहने बताए ।
न्यु साउथ वेल्स वाणिज्यदूत दूत सञ्जीव शर्माले निम्फाले अस्ट्रेलियामा रहेर नेपाललाई बहुसांस्कृतिक र बुहभाषिक देशको रुपमा पहिचान दिने काम गरेको भन्दै संस्थाको प्रशंसा समेत गरे ।
कार्यक्रममा प्रमुख अतिथि आदिवासी अधिकारकर्मी विश्व भक्त दुलाल (आहुती)ले विश्व आदिवासीले बलिदान र गौरवशाली इतिहासलाई सम्झने, र भविष्यका पुस्ताका लागि आफ्नो पहिचान, भाषा र संस्कृति सुरक्षित राख्ने कुरामा जोड दिए । 
पूर्वदेखि पश्चिमसम्म रहेका विभिन्न जातजाति जस्तै मगर, गुरुङ तामाङ, शेर्पा, थारु लगायतका पोशाकहरुले सुसज्जित भएर फेशन शो समेत गरिएको थियो । विभिन्न खालका सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।
कार्यक्रममा बार्टन निर्वाचन क्षेत्रकी संसद सदस्य तथा प्रतिनिधि एश अम्बिहैपहार,एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल , नयाँ एनआरएनए अस्ट्रेलियाका संयोजक विवेक थापा, एनआरएनए अस्ट्रेलियाका पूर्व अध्यक्षहरु, एनआरएनए क्षेत्रीय संयोजकहरु, निम्फाका पूर्व अध्यक्षहरु सुदर्शन थापा मगर, गणेश तामाङ, चित्राल तुम्बाहाङ्फे र अरुण कुमार तामाङ लगायत थकाली सेवा समिति तामाङ सोसाईटी एफ एनएसडब्ल्यू, थारु सोशाइटी अफ सिड्नी अध्यक्ष छन्त्याल परिवार अस्ट्रेलिया, गुठी अष्ट्रेलिया, तमु समाज सिड्नी, शेर्पा संघ एनएसडब्ल्यू, किरातखम्बु राई समाज अस्ट्रेलिया, मगर समाज अष्ट्रेलियाका, याक्थुम चुम्लुङ अष्ट्रेलिया, राजवंशी समाज, नेपलिज अस्ट्रेलियन जोर्नालिस्ट एसोसिएसन एन्जाका प्रतिनिधिहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।






