तक्दीर अधिकारी
सिड्नी । नेपाली नयाँ वर्ष २०७८ को अवसरमा सिड्नीमा कोजी नाइट आयोजना हुने भएको छ । विर्नर सर्कल मिडिया आयोजना गरेको उक्त सांगीतिक कार्यक्रम अबनको सपायर फङसन सेन्टरमा अप्रिल १३ मा हुनेछ ।

विनर सर्कल मिडियाका सस्थापक रोशन खतिवडाले दिएको जानकारी अनुसार नयाँ वर्ष २०७८ कोजी नाइटको तेस्रो संस्करण हो । यसअघि दोस्रो संस्करण सम्पन्न भइसकेको छ । पहिलो कोजी नाइट मात्र आयोजना भएको थियो भने दोस्रो क्रिश्मसमा आयोजना गरिएको थियो । यसपटक नेपाली सम्वतअनुसारको नयाँ वर्षमा आयोजना गर्न लागिएको तेस्रो संस्करण हो ।
कार्यक्रममा अधिकांश स्थानीय कलाकारको बेजोड प्रस्तुति रहनेछ । हिपहपका राष्ट्रिय कलाकार मिस्टा शाक्य रहने छन् । कार्यक्रममा राफलबाट एकजनाले आकर्षक ल्यापटप पुरस्कार पनि जित्न सकिने सर्कलका रोशन खतिवडाले जानकारी दिए । हल्का पेय पदार्थ लिइँदै गीत, संगीत र नृत्यमा सहभागी झुम्न पाउने छन् ।
टिकट कार्यक्रमस्थलबाटै लिन सकिनेछ । अग्रिम टिकट किनियो भने २० डलरमा प्राप्त गर्न सकिन्छ भने त्यहीबेला कार्यक्रमस्थलमा किन्दा २५ डलर पर्ने खतिवडाले जानकारी दिए । कार्यक्रमलाई प्रिमो एजुकेशन मुख्य प्रायोजक रहेको छ । क्विन्सफोर्ड कलेज, जय हो हेयर एन्ड ब्युटी, कंगारु एजुकेशन फाउन्डेसन ले सह-प्रायोजन गरेका छन् ।






