सिड्नी । नेपाली र बंगलादेशीहरुको स्वामित्वमा रहेको घर जग्गासम्बन्धी व्यवसाय ‘ल्यान्ड एन्ड लिज रियल्टी साउथ वेष्ट’ को शाखा ग्लेन फिल्डमा विस्तार गरिएको छ । ग्लेनफिल्डस्थित ‘७० ए’ रेल्वे परेडमा गत शनिबार न्यू साउथ वेल्स राज्यका सांसद अनालक चान्टिभङ शुभारम्भ गरे ।
प्रमुख अतिथि राज्य सांसद अनालक चान्टिभङले अस्ट्रेलियामा नेपालीहरूको उपस्थित बढ्दै जाँदा एकपछि अर्को व्यवसायमा हात हाल्दै गएकोमा खुशी व्यक्त गरे । उनले ‘ल्याण्ड एन्ड लिज रियल्टी साउथ वेष्ट’ को सफलताको कामना गरे । नेपालीहरू सामाजिक कार्यक्रममा सक्रिय रहेकोमा खुशी व्यक्त गर्दै आफ्नो क्षेत्रमा हुने समुदायका हरेक कार्यक्रममा आफूलाई सम्झिएकोमा धन्यवादसमेत उनले दिए ।

कार्यक्रमका अतिथि क्याम्बेल टाउन काउन्सिलका काउन्सिलर मसुद चौधरीले दक्षिण एसियाबाट आप्रवासीका रूपमा आएका समुदायले विभिन्न व्यवसायमा हात हालेर प्रगति गरेकोमा सन्तुष्टि व्यक्त गरे । यसले समुदायमा प्रेरक शिक्षा दिने कुरा उल्लेख गर्दै उनले व्यवसायको सफलताको कामना गरे ।
अतिथि एनआरएनएका क्षेत्रीय संयोजक होम पाण्डेले सहकर्मी साथीहरूले व्यवसायमा हात हालेकोमा खुशी व्यक्त गर्दै ल्यान्ड एन्ड लिज रियल्टी साउथ वेष्टले घरजग्गाको क्षेत्रमा नेपाली समुदायमा बढ्दै गरेको व्यवासायिक मागलाई परिपूर्ति गर्दै व्यवसायलाई सेवामूलक बनाउनु पर्नेमा जोड दिए ।

उद्घाटन कार्यक्रममा बोल्दै रमेश पाण्डे, भवानी ओली, डा. किरण थापा, डा. विनोद श्रेष्ठ, राजनकुमार बस्नेत, मेघराज पौडेल, ज्ञानेन्द्र कार्कीलगायतले ‘ल्यान्ड एन्ड लिज रियल्टी साउथ वेष्ट’ को सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा साउथ वेष्ट क्षेत्रका बसोबास गर्ने नेपाली, भारतीय, बंगलादेशी, पाकिस्तानी, अस्ट्रेलियनलगायतका समुदायको उल्लेख्य उपस्थिति रहेको थियो । ल्यान्ड एन्ड लिजका निर्देशक प्रेम शाहले सञ्चालन गरेको सो कार्यक्रममा प्रिन्सिपल मोहम्मद चौधरीले विशेष अतिथि, प्रमुख अतिथि र अतिथिलगायत सहभागीलाई धन्यवाद दिए ।







