एडिलेड । कोरोना भाइरसको संक्रमण दर फेरी बढ्न थालेसँगै साउथ अष्ट्रेलियामा फेरी लकडाउनको घोषणा गरिएको छ । मेलबर्नमा सय दिन भन्दा लामो लकडाउन अन्त्य भएको केही हप्तामै साउथ अष्ट्रेलियामा ६ दिनको लकडाउन घोषणा गरिएकोे हो ।
दैनिक रुपमा कोरोना संक्रमणको दर बढेकोे कारढा ६ दिनसम्म कडा लकडाउन घोषणा गरिएको हो । बुधबार रातिदेखी लागू भएको उक्त लकडाउनको अवधिमा विद्यालय तथा विश्वविद्यालय, क्याफे, कफीशप, टेकअवे तथा अस्पतालका अत्यावश्यक सेवाहरु बाहेक सबै सेवाहरु बन्द भएका छन् । आवश्यक काम विना घरवाहिर ननिस्कन भनिएको छ । यदि निस्कन परेको खण्डमा अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा विधि अपनाउन सरकारले आग्रह गरेको छ । पानी विजुली, सञ्चार सेवा, मेडिकल, सुपरमार्केट, बाहिर हुुने खेल सँग सम्बन्धित व्यवसाय, खाना र औषधि उत्पादन कम्पनि पनि खुल्ने भएका छन् । राज्यका स्वास्थ्य अधिकारी प्रो. निकोला स्पोरियरले पत्रकार सम्मेलन गर्दै संक्रमण दरको चेन ब्रेक गर्न भन्दै उक्त लकडाउन गरिएको जानकारी दिइन् । उक्त लकडाउनको कारण जनजीवन कष्टकर भएको छ ।
Photo- ABC






