अस्ट्रेलियाबाट नेपाली फर्काउन अझै केही समय लाग्ने

तक्दीर अधिकारी

सिड्नी । जेठ २४ गते (मे ६ तारिख) क्यान्वेरा आइपुग्ने नेपाल वायु सेवा निगमको जहाजमा अस्ट्रेलियामा रहेका नेपाली फर्कन नपाउन सक्ने  भएका छन् । अस्ट्रेलियामा रहेका नेपालीहरु क्यान्वेरा आउने निगमको जहाजमा मे ६ तारिखमै नेपाल फर्कन पाउने सम्भावना एकदमै न्यून रहेको नेपाली दूतावास क्यान्वेराकी उपनियोग प्रमुख दुरपदा सापकोटाले बताइन् ।

उपनियोग प्रमुख सापकोटाले भनिन्, ‘विदेशमा रहेका नेपाली स्वदेश फर्कन पाउने भनेर नेपाल सरकारले एउटा कार्यविधि बनाएको छ । दूतावासले अस्ट्रेलिया आउँदै गरेको जहाजमा नेपाल फर्काउन सक्दो प्रयास गरिरहेको छ तर,  फर्कन पाउने पक्का भने होइन । मे ६ तारिखमा अस्ट्रेलिया आउँदै गरेको जहाजमा नेपाली फर्कन पाउने सम्भावना छैन भन्दा पनि हुन्छ ।’

लन्डन नेपाल न्यूजसँग कुरा गर्दै उपनियोग प्रमुख सापकोटाले भनिन, ‘विदेशमा रहेका नेपाली स्वदेश फर्कन पाउने भन्ने निर्णय भएको हो, यतैबाट प्लेन चार्टर गरेर नेपाली पठाउनेबारे सोचाइ भइरहेको छ ।’

केही प्राविधिक कुरा मिल्न बाँकी रहेकाले तत्काल अस्ट्रेलियामा रहेका नेपाली फर्काउन समस्या भएको हो, सापकोटाले भनिन् ‘जस्तो नेपाल एयरलाइन्सको अस्ट्रेलिया उडान नियमित नभएकाले हेन्डिलिङ गर्ने कोही पनि छैन । एयरपोर्टमा चेक गर्दिने, ब्यागेज हेन्डिलिन मान्छे चाहिन्छ । त्यसका लागि निर्धारित समयमा अर्को एयरलाइन्ससँग कुरा गर्नुपर्ने हुन्छ ।’

विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन विभिन्न मापदण्ड नेपाल सरकारबाट बनाएको छ । त्यसबाहेक वस्तुस्थिति र परिवेश हेरेर विदेशमा रहेका नेपाली नियोगले केही थपघट गरेर नयाँ मापदण्ड जारी गर्नेछ ।

नेपाल फर्कन पाउन मापदण्ड के हुन् भन्ने जिज्ञासामा प्रमुख सापकोटाले भनिन्, ‘तुरुन्तै नेपाल फर्किनुपर्ने कारण के हो ? त्यसको चित्तबुझ्दो जवाफ हुनुपर्छ । मुख्यतः आफ्न्त बितेर अन्तिम संस्कार गर्न नपाएकाहरुलाई पहिलो प्राथमिकता राखिएको छ । यस्तै अभिभावकहरुमा पनि सबैभन्दा वृद्धालाई पहिलो प्राथमिकतामा राखिएको छ । कोभिड–१९ बाहेक पुरना रोगिहरु छन्  भने उनीहरुको स्वास्थ्य अवस्था हेरेर नेपाल फर्कने प्राथमिकताक्रममा राखिने छ ।

अस्ट्रेलियामा हेरचाह गर्ने व्यक्ति छैन, नेपाल फर्किन्छु भन्नेहरुलाई पनि प्राथमिकतामा राखिएको छ । आर्थिक संकटमा परेकाहरु पनि प्राथमिकतामा पर्नेछन् । नेपालमा जागीर भएका व्यक्तिहरु अस्ट्रेलिामा हुनुहुन्छ, उनीहरु पनि प्राथमिकतामा पर्नेछन् ।’

होटल, यातायात र कुन विमान कहिले उड्ने समय तालिका टुंगो लागेपछि भाडा निर्धारण हुनेछ । नेपाल पुगेपछि उनीहरुलाई एयरपोर्टबाट होल्डिङ सेन्टरमा लगिने छ । त्यसपछि चेकजाँच हुनेछ । सबैको मोबाइलमा एप डाउन लोड गरेपछि मात्रै कोरिन्टाइनमा राखिने गृहकार्य भइरहेको छ ।

विदेशमा रहेका नेपाली फर्काउन थालिएपछि प्रत्येक दिन १० वटा प्लेन नेपालमा ल्यान्ड हुनेछ । फर्कन चाहनेलाई फर्म फराउँदा प्रदेश र स्थानीय तह स्पष्ट खुलाउनु पर्नेछ । उनीहरुलाई सिधै प्रदेशको जिम्मा लगाउने छ ।

जस्तो ४ नम्बर प्रदेशको व्यक्ति छ भने उसलाई ४ नम्बरको बस चढाएर होल्डिङ सेन्टरमा पु¥याइने छ । प्रदेशअनुसारको होल्डिङ सेन्टर हुने छन् । प्रदेशले जहाँ राख्ने व्यवस्था गरेको छ, उनीहरुलाई त्यही पु-याइने छ ।